२० चैत्र रौतहट जिल्लाको परोहा नगरपालिकाले लकडाउनको मरमा परेका गरीव ,विपन्न परिवारलाइ राहत सामग्री वितरण गरेका छन । नगरपालिकाका ९ वटै वड़ामा गरीव ,दलित , हिन्दू , मुस्लिम लगायतका समुदायका आर्थिक अवस्था कमजोर भएका २ हजार २ सय परिवारलाइ खाद्यान्न सामग्री राहत वितरण गरेको हो ।
नगर पालिकाका नगर प्रमुख शेख वकीलले ३७ सय घरधुरी भएकोमा विपन्न परिवारलाइ पहिचान गरी घरघरमा राहत सामग्री पुर्याइएको बताउनु भएको छ । कोभीड़ १९ को रोकथाम ,नियन्त्रणको लागि नेपाल सरकारले घोषणा गरेको लकडाउनको कारण कामकाज प्रभावित भएकोले गरीव परिवारलाइ भएको समस्यालाइ मध्यनजर गर्दै राहत उपलब्ध गराइएको जनाए ।
कोरोना भाइरसको संक्रमणबाट बाच्नको लागि अपनाउने उपाए बारे जनचेतना फैलाउने कार्य प्रचार प्रसार नगर पालिका भरी नै जारी रहेको जनाए । मेयर वकीलले प्रति परिवारलाइ ५ वटा माक्स , साबुन वितरण गरेको बताए । ठाउ ठाउमा हाथ धुनको लागि नगरपालिकाबाट पानीको व्यवस्था समेत गरेको उल्लेख गरे ।
नगरपालिका भित्र सरसफाईको विशेष ध्यान दिइएको जिकिर गरे । उहाले भने व्यक्तिगत सरसफाई र सामाजिक दुरी कायम गरे मात्र संक्रमणबाट जोगिन सक्ने छन । सार्वजानिक ठाउहरुमा भीड़भाड़ न गरिदिन समेत आग्रह गरे । दैनिक ज्यालदारी गर्नेहरुले लकडाउन भएपछि आर्थिक संकट उत्पन्न भएको बताएका छन । छाक टार्न गार्हो भयो एकजना पीडि़तले भने ,नगरपालिकाले ढिलो भएपनि ज्यान जोगाउने कार्य गर्यो ।
प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश यादवले प्रदेश सरकारले गरीव विपन्न परिवारलाइ राहत वितरण गर्नको लागि रकम छुट्याएपनि अहिले उपलब्ध नभएको बताए । वित्तीय समानीकरणको रकम रकामान्तरण गरेर राहत सामग्री वितरण गर्ने कार्य शुरू गरिएको जनाए ।
चावल १५ किलो , दाल २ किलो , खानतेल १ लीटर , आयोनुन १ किलो र स्वविन ५ सय ग्रामको राहत पैकेज बनाएर लक्षित वर्ग र विपन्न परिवारलाइ घरमै पुर्याइएको छ ।
प्रमुख प्रसाशकीय अधिकृत यादवले स्थानीय ब्रह्मज्योति माध्यमिक विद्यालयमा स्थापना गरिएको ३० बेड को क्वारेन्टाइनमा २३ जना संकास्पद व्यक्तिलाइ राखिएको जानकारी गरेका छन ।