८ असोज
लगातार परेको पानीले रौतहट लगायत तराईका किसानहरु चिंतित हुनुको साथै खÞुशी पनि भएको छ ।
आषाढ़ सम्म लगातार भएको वर्षाले धान रोपनमा सहयोग भएको भएपनि असोजको पहिलो सत्ता निरन्तर रुपमा परेको पनिले पाक्न लागेको धानवाली तथा तरकारी बाली नस्ट हुने डरले किसानहरु चिंतित भएका हुन । साउन र भदौ महीनामा पानी नपरेपछि धानको उत्पादनमा कमी आउने संकेतले दुखित भएका किसानले समय मै पनि पर्न लाग्दा उतपादनमा बृद्धि हुने विश्वासले किसान हर्षित देखिएका छन ।
आवश्यकता भन्दा बढ़ी पनि पर्न थालेको देखेर बाढि़ आउने डरले रौतहटका दक्षिणी भेगका किसानहरु चिंतित भएको देखिएको छ । बागमती ,लालबकैया , झाझ खोला ,चांदी खोलामा पानीको बहाव उच्च देखिन थाले पछि बाढि़ आउने खतरा देखेर किसानहरुलाइ पाक्न लागेको कार्तिक मा काटिने धानबाली नस्ट हुने खतरा बढेको किसान उपेन्द्र यादवको भनाइ रहेको छ ।
होचा जमीनमा लगाइएको बालीमा पानीको मात्रा बढ़ी भएकोले बाली भित्रियाउन गार्हो हुने उहाको कथन रहेको छ । लालबकैयामा बाढि़ आए भने बौधिमाई नगरपालिका , परोहा नगरपालिका ईशनाथ नगरपालिका , राजपुर नगर पालिका ,कटहरिया नगरपालिकाका अधिकांश भूभाग जलमग्न हुने र धानबाली ,तरकारी बालीमा क्षति पुग्ने छन ।
गौर नगरपालिका ,राजदेवी नगरपालिका , दुर्गा भगवती गाउँपालिका , माधव नारायण नगरपालिका , यमुनामाई गाउँपालिका , गढ़ीमाई नगरपालिकाका किसानहरु बाढि़ आउने सम्भावनाबाट आक्रांत भएका छन ।
गर्भाअवस्थामा परेको पानीको कारण धानको उत्पादनमा लाभकारी भएको छन भने बढ़ी पानी धानको लागि असरदायक भएको छ । स्थानीय नागेन्द्र पासवानको अनुसार घरमा दाई गरी ल्याउने कतिका धानबाली वर्षाको कारण अलपत्र अवस्थामा परेको छ । काटने कसरी र दाई गर्ने कसरी भनी चिंता लागेको छ । मौलापुर , बौधिमाई , फतुआ विजयपुर नगरपालिकामा कार्तिक महीनामा घरमा भित्रियाई सक्नु पर्ने धानवालीको खेती बढ़ी हुने गर्छन ।
झाझ नदीमा बाढि़ आएपछि गौर नगरपालिका रराजदेवी नगरपालिका , दुर्गा भगवती गाऊपालिका अंतर्गत पर्ने सयौ विघा धानबाली डूबने छन !