१९ कार्तिक
रौतहटमा रहेका उपमेयर अधिकार संरक्षण समितिले एक हप्ता पछि मौनता तोड्दै रौतहट निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य एवं जनता समाजवादी पार्टीका निर्वाचन विभाग प्रमुख अनिल कुमार झा ले सम्वोधन गर्ने क्रममा महिलाहरु प्रति लक्षित गर्दै प्रयोग गरेको शव्दको घोर निन्दा गर्दै माफी माग्नु पर्ने मांग गरेका छन ।
स्थानीय तहमा निर्वाचित नगर उपप्रमुख र उपाध्यक्षहरुको संगठन उपमेयर अधिकार संरक्षण समितिका अध्यक्ष एवम राजदेवी नगरपालिकाका उपप्रमुख समेत रहेकी अंशु सिंहले बुधवार गौरमा पत्रकार सम्मलेन आयोजना गरी आधिकारिक धरना सार्वजानिक गरे पनि जिल्लामा रहेका नगर प्रमुखहरुको संगठन मेयर क्लवले अझै मौनता कायमै राखेका हुन ।
कार्तिक ११ गतेका जिल्लाको यमुनामाई गाउँपालिका वड़ा नम्बर ३ मा जनता समाजवादी पार्टीले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा प्रमुख अतिथिको रुपमा सम्वोधन गर्दै सांसद झाले महिलाहरुको मान ,प्रतिष्ठा ,चरित्र माथि प्रहार गर्ने उदेश्यले प्रयोग गरेको शव्द निन्दनीय रहेकोले समय मै सुधार गर्न सांसद झा सित आग्रह गरेका छन ।
उपमेयर अधिकार संरक्षण समितिका अध्यक्ष सिंहले प्रेस विज्ञप्ति जारी गर्दै कानून बनाउने व्यक्ति भएको सांसद झा ले आफ्नो पदीय मर्यादा ,अधिकार ,क्षेत्र भन्दा बाहिर गएर गरेको सम्वोधन गÞलत एवं त्रुटि पूर्ण रहेको ठहर गरेका हुन । जारी गरिएको विज्ञप्तिमा भनिएको छ महिला दीदी बहिनीको प्रतिष्ठा जाने गरी प्रयोग गरेको शव्द सच्चियाएर माफी माग्नु पर्छ ।
एक तरफ महिलाको सम्मान गर्नु पर्ने भन्ने र अर्को तीर खुल्ला मञ्चबाट महिलाहरुको सम्मानमा आघात पुग्ने गरी शव्दको प्रयोग गर्नु कानून विपरीत रहेको सांसद झा ले समयमा माफी नमागे त्यसको विरुद्धमा चर्को आंदोलन गर्ने समेत विज्ञप्ति मार्फत चेतावनी दिएका छन । पत्रकार सम्मेलनमा दुर्गा भगवती गाउपालिकाका उपाध्यक्ष मंजु देवी झा , गढीमाई नगरपालिकाका उपमेयर सुभाद्रा गुप्ता , देवाही गोनाही नगरपालिकाको उपप्रमुख परनिया देवी , कटहरिया नगरपालिकाका उपमेयर नेर जहा खातुन लगायतका उपस्थति रहेको थियो ।