राकेश यादव , १४ असोज
रौतहट प्रहरी विगत ८ महिनाको अवधिमा विभिन्न घटनाका आरोपित ,दोषी तथा फरार अभियुक्त १०४ जनालाइ पक्राउ गरेका छन । जिल्ला को विभिन्न ठाउ स्थानबाट भन्सार चोरी निकासी पैठारीका ३ करोड़ ८९ लाख २९ हजार ६६९ रुपैया मूल्य बरावरको तस्करीका समानहरु बरामद गारी कार्यवाहिको लागि जिल्ला भन्सार कार्यालयमा दाखिला गरेका हुन ।
रौतहट प्रहरीमा जोस जागर बोकेका प्रहरी प्रमुख ,सीनियर अधिकृत हरुको आए लगतै शुरू गरिएको पक्राउ अभियान अन्तर्गत साइबर क्राइम देखि लिएर जुवा तास , अदालतबाट दोषी ठहर भई फरार भएका अभियुक्त , बम काण्डको आरोपित गरी अहिले सम्म १०४ जनालाइ पक्राउ गरी कÞानूनी कार्यवाही गरिएको प्रहरीले सार्वजानिक गरेको तथ्यांक वाट पुस्टि भैराखेको छ । फरक अनुसन्धान गर्नको लागि गठित क्राइम इन्भेस्टिगेसन टीम सीआईटीको टोलीले गोप्य अभियान अन्तर्गत यति संख्यामा अभियुक्त पक्राउ गरिएको छ ।
कभर्ट आपरेशन अभियान अन्तर्गत हाल सम्म फरार अभियुक्त २० जना , अदालतबाट दोषी ठहर भई फरार रहेका अपराधी ९ जना , साइबर क्राइममा संलग्न रहेका व्यक्ति ५ जना , विभिन्न चोरीको घटनामा संलग्न रहेको २४ जना , डाका र चोरीमा संलग्न २१ जना , मानव बेचबिखनमा संलग्न भएको ६ जना , सीसी कैमरा फूटाएको आरोपमा १ जना फेसबुक हैकर ५ जना , बम काण्डको अपराधी ३ जना , टेम्पू चालक सहित टेम्पू लूटपाटको घटनामा संलग्न १ जना ,जुवा खेल्दै गर्दा ९ जनालाइ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक पपु नायकले बताएका छन ।
८ महिनाको सार्वजानिक गरेको कार्य प्रगति अनुसार लागू औषध गाजा २३ किलो ५ सय ग्राम बरामद गर्नुको साथै ८ जनालाइ पक्राउ गरिएको छ । लागू औषध इंजेक्शन ३ सय पीस र टेबलेट १५ सय पीस साथै १० जना लाइ नियंत्रणमा लिन सीआईटी टोली सफल भएको हो ।
५ कट्ठामा गरिएको अफीम खेती नस्ट गरिएको छ । हराएको मोबाइल बरामद गरी ३० जनालाई जिम्मा लगाइएको र हराएको बालबालिका १९ जनालाई खोजतलास गरी अभिभावकके जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
कटुवा पिस्तौल ४ र गोली राउंड ४ , चोरीको चार चक्का गाड़ी ३ बटा स्कार्पियो र ३ बटा बोलेरो , चोरीका विभिन्न कम्पनीका ५३ बटा मोटर साइकल , १ किलो सुन बरामद गरिएको छ भने ७ बटा लागु औषध मुद्दाको सफल अनुसन्धान गरिएको प्रहरी निरीक्षक नायकले बताए ।
प्रहरीको टोलीले ७२ बटा रक्सी भट्ठी तोरफोर गरेको छ भने १७ हजार लीटर तयारी मदिरा ,१५ हजार ५ सय लीटर कच्चा पदार्थ बरामद गरी नस्ट गरिएको प्रगति विबरणमा उल्लेख रहेको छ । ३० बटा रक्सी बनाउने उपकरण , २२४ बटा ठूलो ड्राम र रक्सी बनाउने ३१ बटा भाड़ा प्रहरीले बरामद गरेको हो ।
सीआईटीको नेतृत्व गर्दै आएका नायकले अपराध न्यूनीकरण गरी समाजमा शान्तिको बातावरण सृजना गरी भय त्रासको अवस्था हटाउने उदेश्यले रौतहटमा पहिलो पटक सीआईटी टीम बनाइएको जनाए । उनले पहिला मुद्दा फाटले अनुसन्धान ,पक्राउ , गर्ने गर्थ्यो बताए । फरक ढंगबाट सत्य तथ्य बुझी प्रमाण सहित अनुसन्धान गर्ने उद्देश्यले क्राइम इन्भेस्टिगेशन टीम १२ सदस्य बनाइएको बताए ।
चोरी ,तस्करी ,कालाबाजारी ,हत्या हिंसा , बलात्कार लगायतको प्रहरीले हेर्ने सम्बेदनशील मुद्दाको प्रमाण सहित आरोपित पक्राउ गर्ने कार्य अपराध अनुसन्धान टीमले गरेर मुद्दाको कार्यवाही प्रक्रिया अगाडी बढाउन मुद्दा फाटको जिम्म लगाउदै आएको नायकको भनाइ रहेको छ । संक्षिप्त कुरा गर्दै नायकले अप्राधिल घटना पूर्ण रुपमा नियंत्रण हुने नभए पनि अहिले न्यूनीकरण भएको दावी गरे ।
उहाले प्रहरी एक्लो मात्र अपराध नियन्त्रण गर्न नसक्ने भएको ले सामाजिक अभियन्ता , स्थानीय बासी , राजनितिक दलका अस्थानीय नेता कार्यकर्त्ता , नागरिक समाजका अगुवा , शिक्षक ,व्यापारी बुद्धिजीवी बर्गको सहयोग समन्वय र सहकार्य भए मात्र संभव हुने जिकिर गरे ।
प््राहरी निरीक्षक नायकले अपराधी भागिरहेको रहेको दावी गरेका छन । जहा गएपनि अपराधीलाइ खैर नरहने चेतावनी समेत दिएका छन ।