२ मङ्सिर
रौतहट जिल्लाका माधव नारायण नगरपालिकाका नगर प्रमुख वीरेन्द्र यादवले छठ व्रत गर्ने महिलाहरुलाई साडी वितरण गरेका छन । नगरपालिकाका दलित समुदायका व्रतालु महिलाहरुलाई लक्षित गर्दै मेयर यादवले प्रत्येक वडामा दलित समुदायका महिलाहरुलाई पर्व गर्नको लागि सहयोग पुग्ने उदेश्यले साडी वितरण गरिरहेका हुन ।
नगरपालिका भरी रहेका करीव १ हजार ३ सय महिलालाई सदी वितरण गर्ने लक्ष्य रहेको नगर प्रमुख यादवले बताए । कोरोनाको कारन दलित समुदाय बढ़ी प्रभावित भएकोले केहि सहयोग हुने गरी साडी दिन लागेको उनले जनाए ।
कोरोनाको संक्रमणको जोखिम उच्च रहेकोले छठ पर्व माँ तयारी पहिलेको जस्तो नरहे पनि ब्रत गर्ने महिलाहरु तयारी गर्ने गरेको बताउँदै मेयर यादवले भौतिक दुरी साथ पर्व मनाऊन सवैमा आग्रह गरे।
नेपाल भारत विच बन्द रहेको सीमा नाकाबाट गरीव ,असहाय , विपन्न वर्ग ,दलित समुदाय नकारात्मक रुपमा प्रभावित भएकोले चर्को मूल्यमा पर्वको लागि चाहिने आवश्यक सामग्री खरीद गर्न भएको भएको जनाए । उहाले नेपाल भारत विच को सीमा नाका खोल्नको लागि समेत नेपाल सरकार सित आग्रह गरेका छन ।