२ पौष
राजदेवी नगरपालिकाका सर्वपक्षीय संघर्ष समिति रौतहटले ३ गते शुक्रवार देखि नगरपालिका कार्यालय को अगाडी शान्तिपूर्ण धर्ना दिने भएको छ ।
नगरपालिकाले गरेको खर्चको विवरण तथा आयको विवरण सार्वजनिक गर्नु पर्ने भन्दै दिइएको ग्यपन्न पत्रको माग सम्वोधन नगरेकोले समितिले आन्दोलनको शुरुवात गर्न लागेको हो ।
विहिवार बसेको समितले सर्व सहमतिबाट शान्तिपूर्ण रुपमा दवाव सृजना गर्ने उदेश्यले धर्ना बस्ने निर्णय गरेको समितिका संयोजक रामेश्वर प्रसाद यादवले जानकारी गरेका छन् ।
बैठकले मङ्सिर १५ गते नै देशभरीका ३९६ स्थानीय तहमा एकै पटक शिलान्यास गर्नु पर्ने आधारभूत अस्पतालको राजदेवी नगरपालिकामा जग्गा छनौटको विषयमा उत्पन्न असमझदारीले अहिले सम्म शिलान्यास हुन् नसकेको प्रति चिन्ता व्यक्त गरेका छन् ।
समितिले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय द्वारा स्तरोन्नति गरिएको राजदेवी नगरपालिका वडा नम्बर ७ मुडवलवामा नै आधारभूत अस्पतालको निर्माण हुनु पर्ने निर्णय गरेको संयोजक यादवले बताए । नगरपालिका प्रमुखले नगर स्तरीय अस्पताल भएको भनि फैलाई रहेको गलत भ्रम प्रति घोर भत्सर्ना गर्दै निर्धारित वडामा अस्पताल निर्माण नै हुनु पर्ने ठहर गरेका छन् ।
अस्पताल निर्माणको लागि वडा नम्बर ७ मा जग्गा एकिन गर्ने कार्य सम्पन्न भै भवन निर्माणको डिजाइन समेत भएकोले हो ठाउमा अस्पतालको निर्माण नगरिएमा संघर्ष समेत गर्ने समितिले चेतावनी दिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आधारभूत अस्पताल निर्माण सम्वन्धि गरेको परिपत्रमा आधारभूत अस्पताल भवन निर्माण सम्बन्धि निर्देशिका २०७७ को पूर्ण पालना गरि गराई अस्पताल भवन निर्माणको टेन्डर पौष मसान्त भित्रमा आव्हान गर्न गराउन निर्देशन समेत दिदै प्रचलित कानुन र स्वीकृत निर्देशिका मापदण्ड तथा मन्त्रालयले जारी गरेको परिपत्रको पालना नगरी भवन निर्माण गरिए भवन निर्माणको लागि सशर्त अनुदान उपलव्ध गराउन बाध्य नहुने चेतावनी समेत दिइएको छ ।
राजदेवी नगरपालिका ७ मा शिलान्यास हुने अस्पतालको भवन छनौट भएको ठाउ जग्गा बाहेक अन्य ठाउमा निर्माण गर्ने विबाद सृजना भएको कारण अहिले सम्म शिलन्यास ओझेलमा परेका छन् ।