१ फाल्गुन
रौतहट जिल्लाको परोहा नगरपालिका वड़ा नम्बर ४ मा एक परिवार बचका ,चपको सहाराले कस्टकर जीवन विताई रहेका छन ।
परोहा नगरपालिकाको कार्यालय अगाडी हुलाकी राजमार्गको दक्षिण तीर अरुको जग्गामा एउटा सानो झुपड़ीमा चिया , चप र बचका बनाएर विक्री गरी सासु बुहारीले संघर्षपूर्ण जीवन विताई रहेकि छीन । करीव २० वर्ष देखि सो व्यवसाय संचालन गरे पनि जीवन जिउन कस्टकर भएको छ ८० वर्षीय झपसिया देवी पटेलले बताइन ।
आफ्नो नाउमा एक धुर जग्गा नभएकोले अरुले निशुल्क रुपमा दिएको जग्गामा फूसको घर बनाएर जेन तेन गरी जीवन विताई रहेको दुखेसो पोखिन । उनले थापिन कोही पुरुष घरमा छैन हामी दुइ जना सासु बुहारी बचका बेचेर दैनिक गुजरा गर्दै आएको छौ ।
एकमात्र छोरा सोभित राउतको १७ वर्ष अघि मृत्यु भएको बताउँदै दिन भरीमा २०० से रुपैयाको बचका चिया विक्री हुने गरेको जनाए । विक्री नभएको दिन भोकै बस्नु पर्ने ६० वर्षीय राम सोमारी देवीले बताइन । श्रीमानको मृत्यु भएको १७ वर्ष पुगे घरमा कोही पुरुष नरहेकोले यसै पेशाबाट जीवन यापन गर्ने गरेको जनाए ।
छोरा नभएको सोमारी देवीले नेपाल सरकारबाट सामाजिक सुरक्षा भत्ता पाउने गरेको बताए । आधुनिक युगमा पुरानो परिकार प्रति कसैको रूचि नरहेकोले समस्या भएको उनले सुनाइन । परिवर्तनशील समयमा सुविधा संपन्न होटलमा खाजा र खाना खाने चलन भएकोले झुपड़ीमा पाक्ने मधेशको प्रचलित परिकर बचका र चप खान कम मात्रामा ग्राहक आउने गरेको छ ।
बढ्दै गएको महंगाईले थप समस्या उत्पन्न गरेको जिकिर उक्त महिलाको रहेको छ । ७० रुपैया प्रति लीटर दुःख तथा ८० रुपैया प्रति किलो चीनी खरीद गरेर १० रुपैया प्रति कप चिया विक्री गर्नु परेको बाध्यताले जटिल भएको उहाहरुको भनाइ रहेको छ ।
पारम्परिक खाना छोडेर आधुनिक युगको खाना र खाजा प्रति युवाहरुको झुकाव बढ्दै गएको कारण वृद्ध व्यक्तिहरु मात्र आउने गरेको उल्लेख गर्दै त्यसै कारण विक्रीमा कमी आउने गरेको बताए ।