२५ बैशाख
रौतहट जिल्लामा शनिवार ४८ जनामा कोरोना भाइरसको संक्रमण पुस्टि भएको छ १ पिसिआर परिक्षणबाट ४१ र अनटीजेन परिक्षणबाट एउटा नगर प्रमुख सहित ७ जना गरि ४८ जना पोजेटिभ देखिएको हो ।
१०० जनाको स्वाव संकलन गरि गरिएको परिक्षणमा ५२ जनाको रिपोर्ट भने निगेटिभ आएको जिल्ला अस्पताल गौरले जनाएको छ । विगत केहि दिन देखि बढेको कोरोन भाइरसको दोस्रो लहरको संक्रमणबाट थप ३ जनाको मृत्यु भएको छ । कोभिड १९ को संक्रमणबाट मृत्यु हुनेको संख्या १४ पुगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
संक्रमणबाट मृत्यु स्थानीय राजपुर नगरपालिका १ बहुअर्वा निवासी ६० वर्षीय भागरिथ साह र गौर नगरपालिका ९ निवासी ५५ वर्षीय राम दिनेश साह रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय रौतहटले जारी गरेको दैनिक विवरण अनुसार रौतहटमा सक्रिय संक्रमितको संख्या २९२ पुगेको छ ।
गौर नगरपालिका मा ८० , चंद्रपुर नगरपालिकामा ५८ , गरुडा नगरपालिकामा २४ , परोहा नगरपालिकामा १८ राजदेवी नगरपालिकामा १६ पोजेटिभको संख्या पुगेको छ । संक्रमितहरु मध्ये अधिकांश होम आइसुलेशनमा रहेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय रौतहटले जारी गरेको निशेधाज्ञाको पहिलो दिन जिल्लामा पूर्ण रुपमा प्रभाव परेको छ । कोभिड १९ को दोस्रो लहर संगै बढ्दै गइरहेको संक्रमणको जोखिम नियन्त्रण गर्ने उदेश्यले शनिवार देखि लागु भएको निषेधाज्ञाबाट जनजीवन पूर्ण रुपमा प्रभावित भएको हो ।
जिल्ला प्रशासन कार्यालयले निर्धारण गरेको सवारी साधन , पसल बाहेकका अन्य सेवा पूर्ण रुपले बन्द रहेकोले जनजीवन प्रभावित भएको हो । गौरबाट चल्ने लामो तथा छोटो दुरीका सवारी साधन चल्न सकेका छैन । निजि सवारी साधन पनि बन्द भएको कारण बजारमा चहलपहल न्यून देखिएको थियो । निषेधाज्ञाको सफल बनाउन नेपाल प्रहरी र सशस्त्र प्रहरीका टीमले सक्रिय भूमिका निर्वाह गरेको छ ।
विना कामको घर बाहिर आउनेलाई प्रहरीले कडाइका साथ कार्यवाही गर्ने गरेकोले सर्व साधारण गौर आउनबाट त्रसित भएका छन ।
भौतिक दुरी कायम गराउन भिड नियन्त्रण गर्न आवश्यक रहेकोले निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको भनाइ रहेको छ । निषेधाज्ञा उलंघन गरेको आरोपमा प्रहरीले ८६ वटा मोटर साइकल ,पिक अप २ ,बस २ गरि ९३ वटा सवारी साधन नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
निषेधाज्ञा अवधि भरिमा जिल्लाको विभिन्न ठाउमा खटिएका प्रहरीको टोलीले कडाइका साथ चेकजाच गर्ने कार्य गरि रहेको प्रहरी उपरीक्षक शिद्धि विक्रम शाहले जनाएको छ ।
किराना पसल , सैलुन , औषधिको पसल लगायत अति आवश्यक खाध्य सामग्रीको पसलहरु खुल्ला रहेको छ १ नेपाल सरकारले निर्धारण गरेको स्वास्थ्य मापदण्डको पालना प्रति पनि प्रहरीले कडाइ गरेका छन । मस्क नलगाउनेलाइ १०० रुपैया जरिवाना समेत गर्ने गरेकोले मास्क लगाउनेको संख्यामा उल्लेखनीय वृद्धि भएको छ ।