रौतहट १६ असोज
गौर नगरपालिका आयोजना तथा नेपाल नेत्र ज्योति संघ द्वारा संचालित गौर आखा अस्पताल पुरेनवाको प्राविधिक सहयोगमा १ दिवसीय निशुल्क आखा शिविर गौरमा शनिवार सम्पन्न भएको छ ।
आखाका विरामीलाइ निशुल्क उपचार गराउने उदेश्यले गौर नगरपालिकाको नगर प्रमुख अजय कुमार गुप्ताले एक दिवसीय मिशुल्क आखा शिविरको आयोजना गरेको थियो ।
नगरपालिका भित्रका गरिव ,विपन्न , दलित समुदायका व्यक्तिको आखामा भएको समस्याको समाधान गराउने उदेश्यले नगरपालिकाले एक दिवसीय निशुल्क आखा शिविरको आयोजना गरेको गौर नगरपालिकाका नगर प्रमुख अजय कुमार गुप्ताले बताउनु भएको छ ।
मानवको अमुल्य अंगको रुपमा आखा भएकोले यसलाई समय समयमा स्यार सुसार गर्नु पर्ने जरुरि रहेको ले यस तर्फ सचेत हुन् आवस्यक भएको मेयर गुप्ताले बताए । गौर नगरपालिकाले आफ्नो नगरवासीको लागि हम्भिर भएर कार्य गर्दै आएको र निकट भविष्यमा पनि गर्दै जाने धर्ना उहाले व्यक्त गरे ।
मोतियाबिन्द भएको रोगिको उपचारमा न्युनतम १५ हजार खर्च पर्ने भएकोले निशुल्क रुपमा नगरबासीलाइ सो सुविधा प्रदान हुने लक्ष्य नगरपालिकाले राखेको मेयर गुप्ताले जनाए । शिविरको उद्घाटन गर्दै मेयर गुप्ताले मानव जीवन शंघर्ष पूर्ण भएको र आखा अमुल्य रत्न भएकोले आखाको हेर्चाज गर्न सवैमा अपिल गरे ।
शिबिरमा ८६८ जनाको आखा परिक्षण गरिएको मेयर गुप्ताले बताए ! गौर आखा अस्पतालका चिकित्सक हरुले गरेको परिक्षणमा २५० जनामा मोतियाबिन्दको संक्रमण फेला परेको जनाएको छ । मोतियाबिन्दको रोगीलाई निशुल्क शैल्यक्रिया गरि लेन्स लगाउने नेपाल नेत्र ज्योति संघले जनाएको छ । गौर नगरपालिका कार्यालय र पुरेनवा निम्न माध्यमिक विद्यालयमा आयोजना गरिएको न्निशुल्क आखा शिविरमा सहभागी भएकाहरुले मेयर अजय कुमार गुप्ताको जनपक्षीय कार्यलाई सराहना गरेका छन् ।