रौतहट १६ असोज
रौतहट जिल्लामा आप्रवासी हकहित संजालको गठन गरिएको छ । माण्डवी सस्थाले आयोजना गरेको भेलामा शनिवार १५ सदसीय आप्रवासी हकहित संजाल गठन गरिएको हो ।
बैदेशिक रोजगार संग सम्बन्धित विषयहरुमा सचेतना फैलाउने , बैदेशिक रोजगारीमा रहेका व्यक्ति तथा घरपरिवारको हकहितका लागि संगठित हुने बैदेशिक रोजगारीमा रहेका परिवारमा देखिएका थिचोमिचो ,महिला हिंसा , ठगि तथा शोषण सम्वन्धित घटनामा परेका परिवारलाइ सहयोग गर्ने उदेश्यले संजालको गठन गरिएकोको मन्दविका अध्यक्ष अन्जु झाले बताएका छन् ।
गौरमा भएको भेला बात १३ वटा स्थानीय तहका प्रतिनिधिहरुको उपस्थातिमा संजालको गरिएको गठनमा अध्यक्षमा हरि नारायण साह देवाही गोनाही लाइ अध्यक्षमा सर्व सहमत बाट चयन गरिएको कार्यक्रम संयोजक डोरेन्द्र बस्नेतले जनाएको छ ।
गठन गरिएको १५ सदसीय कमिटिको उपाध्यक्षमा धिरज प्रसाद खड्का चन्द्रपुर , सचिवमा मौलापुरको रामबालक साह , कोषाध्यक्षमा इशनाथ नगरपालिकाको रुबी कुमारी फकिर ,सह सचिवमा गुजरा नगरपालिकाको ललित कुमारी चौधरी छनौट भएको छ ।
सदस्यमा गरुडा नगरपालिकाको प्रमोद सहनी , राजदेवी नगरपालिकाका प्रमोद यादव , गौर नगरपालिकाका शेख कादिर , दुर्गा भगवती गाउपालिकाका माया देवी यादव , कटहरिया नगरपालिका का नरेश कुशवाहा , यमुनामाइ गाउ पालिकाका प्रमोद यादव , फतुवा विजयपुर नगर पालिकाका भाग्य नारायण यादव , गौर नगरपालिकाका गुड्डी देवी , देवाही गोनाही नगरपालिकाका रिना पटेल र परोहा नगरपालिकाका मोहमद वकिल छनौट भएको कार्यक्रम संयोजक बस्नेतले बताए ।