अजित कुमार कर्ण

राैतहट ।। १२ कार्तिक
जनमत पार्टीको कार्यकर्ताहरुले मशाल जुलुस निकाल्न खोज्दा प्रहरीले हस्तछेप गर्दा भएको झडपमा परि आधा दर्जन भन्दा बढी कार्यकर्ता घाइते भएका छन् ।
रौतहट जिल्लाको सदरमुकाम गौरमा पुर्व घोषित आन्दोलनको कार्यक्रम अनुसार राको जुलुस निकाल्न खोज्दा प्रहरीले दमन गरि कार्यक्रम असफल बनाउन खोजेपछि जनमतका कार्यकर्ता प्रहरी विच झडप भएको हो ।
प्रहरीले गरेको लाठी प्रहारले करिव ८ जना कार्यकर्ता घाइते भएको जिल्ला सचिव विकास कुमार यादवले दावी गरेपनि प्रहरीले २ जना घाइते भएको जानकारी दिएका छन । घाइतेहरुको जिल्ला अस्पताल गौरमा उपचार भै रहेको र अवस्था समान्य रहेको जिल्ला अस्पताल गौरले जनाएको छ ।
जनकपुरमा भ्रस्टाचार विरुद्ध शान्तिपूर्ण धर्नामा बसेको बेला प्रहरी पक्राउ गरेको १७ जना कार्यकर्ताको रिहाइको माग गर्दै जनमत पार्टीले आन्दोलनको घोषणा गरेको हो । प्रदेश सरकारलाइ लक्षित गरि जनमत पार्टीका कार्यकर्ताहरुले नारावाजी गर्दै मशाल बालेर जुलुस निकालेका थिए र
प्रदेश २ मा बढी भ्रस्टाचार मौलाएको भन्दै जनमत कार्यकर्ताहरुले मुख्यमन्त्री महमद लालबाबु राउत गद्दीको तिखो आलोचना समेत गरेको छ । प्रहरीले हस्तछेप गरेपछि हल्का तनाव उत्पन्न भएपनि झडप भएको थिएन् । बेलुकी ५ बजे देखि प्रदर्शनमा उत्रेका जनमतका कार्यकर्ताहरु प्रहरी प्रसासन विरुद्ध पनि नारावाजी गरेका छन् ।
कार्यक्रमको सम्वोधन गर्दै केन्द्रिय सदस्य ललित मल्लिक शानुले भ्रस्टचारी माथि कार्यवाही गर्नुको साटो राज्यले संरक्षण गर्ने कार्य गरि रहेको आरोप लगाए । उनले जनमत पार्टीका निर्दोष कार्यकर्तालाइ सरकारले बलपूर्वक हिरासतमा राखेको बताए ।
साइकल खरिदमा अनियमितता भएको विषयमा प्रदेश सरकार छानविन समेत नगरी भ्रस्टचारीलाइ जोगाउने तर्फ लागेको टिप्पणी गरे । भ्रस्टाचारलाइ निर्मुल पर्ने उदेश्यले जनमत पार्टी लागेको बताउदै भ्रस्टचारीलाइ राज्यको रकम दोहन नगर्न र सचेत भै नेपाली जनताको कार्य गर्न सुझाव दिदै जनताले भ्रस्टचारीलाइ जनकार्यवाही समेत गर्ने चेतावनी दिए । प्रदर्शनमा जनमत पार्टीका सयौ जना कार्यकर्ता सहभागी भएको थियो ।