
११ कार्तिक
कोभिड १९ को दोस्रो लहर संगै बढेको संक्रमणको जोखिमको कारण विद्यालय बन्द हुदा रौतहट जिल्लाका इशनाथ नगरपालिकाका विभिन्न विद्यालयहरुमा अध्यनरत रहेका बालबालिकाहरुको पठन पाठनमा नराम्रो असर परेका छन् ।
उच्च रहेको जोखिमको रोकथाम तथा नियन्त्रण गर्ने उदेश्यले नेपाल सरकारले घोषणा गरेको बन्दाबंदीको कारण भौतिक रुपमा विद्यालय उपस्थित हुन् नपाएर बालिकाहरुको शिक्षा प्रभावित भएको हो ।
नेपाल सरकारले सम्वन्धित स्थानीय तह , शिक्षा समन्वय इकाईलाइ बैकल्पिक व्यवस्था मिलाएर अध्यन अध्यापनको कार्य गर्न गराउन दिएको निर्देशन प्रति स्थानीय निकायका जिम्मेवार प्रतिनिधिले गम्भीरता पुर्वक व्यवस्थापन गर्न नसक्दा विद्यालय जाने बालिकाहरु शिक्षाबाट बन्चित भएको थियो ।
इशनाथ नगरपालिका वडा नम्बर ३ औरैयामा संचालन रहेका जनता उच्च माध्यमिक विद्यालयमा अध्यनरत रहेकी बालिकाहरुले कोभिड १९ को प्रभावको कारण भएको विद्यालय बन्दको कारण शिक्षा प्रभावित भएको बताएका छन् ।
सामाजिक परम्परा र लैंगिक विभेदको कारण बालिकाहरुलाई विधुतीय मध्यमबाट कक्षा संचालनमा सहभागी हुन्बाट बन्चित भएको पिडा कक्षा १० मा अध्यनरत स्थानीय वडा नम्बर २ मा अस्मिता कुमारी ठाकुरको रहेको छ ।
सामाजिक मुल्य मान्यता र पितृसतात्मक सोचको केहि अंश अहिले सम्म देख्ने गरेको भन्दै बालिकाहरुलाई घर बाहिर जान आउँन र विधुतीय उपकरण प्रयोग गर्ने प्रति प्रतिवन्ध लगाउने चलन कायम नै भएको जिकिर गरे ।
विद्यालयमा इन्टरनेट जडान गर्न स्थानीय सरकारले गरेको लगानी फलदायी नभएको टिप्पणी बालिका हरुको रहेको छ ।
इन्टरनेटमा सहज पहुच नपुगेको कारण बालिकाहरुको शिक्षा प्रभावित हुनपुगेको मुस्कान कुमारी सिन्हाले बताए । उनले अनलाइन शिक्षा लिनको लागि लैपटप , ठुलो स्क्रिन भएको मोबाइल आवश्यक रहेको र सो अभिभावकले उपलव्ध नगराएकोले अध्यन गर्न नसकेको जनाए ।
प्रभावित भएको शिक्षाको पूर्तिको लागि स्थानीय सरकार र सम्वन्धित विद्यालयले थप समय मिलाउनु पर्ने माग उहाको रहेको छ । प्रियंका कुमारीले बालिकाहरुको लागि भौतिक उपस्थतिमा कोचिङ्ग गरे अधुरो भएको अध्यन पुरा हुन् सक्ने बताए ।
सोहि विद्यालयको कक्षा ९ मा अध्यनरत रहेकी वालिका सरिता कुमारी साहले चैत्र देखि भाद्र सम्म बन्द भएको विद्यालयको कारण विद्यार्थी माथि मानसिक , मानो वैज्ञानिक रुपमा असर गरेको बताए ।
भौतिक रुपमा परीक्षा संचालन नगरी ग्रेडको अनुसारमा उतिर्ण गराउदा समेत असर परेको उल्लेख गरे । सरकारले भौतिक दुरी कायम गरि स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गराउदै नियमित रुपमा विद्यालय संचालन गराउनु पर्ने समेत बताए ।
रजनी कुमारीले कोभिडको संक्रमणको कारण प्रभावित भएको शिक्षा अहिले शिक्षक अपुग भएकोले झन् जटिलता तर्फ पुर्याएको दुखेसो पोखे । विद्यालयमा विषयगत शिक्षक नभएकोले अध्यन गर्न गार्हो भएको उल्लेख गरे । उनले समयमा विषयगत शिक्षकको व्यवस्थापन गराउन समेत माग गरे ।
विद्यालयका प्रध्यानाध्यापक नगनारायण सिंहले दरवन्दी अनुसारको शिक्षक नभएकोले विद्यार्थी हरुको पढाइ प्रभावित भएको बताए । कोभिड १९ को प्रभावका कारण बालिकाहरु माथि मानसिक रुपमा प्रभावित बनाएको बताउदै यसको न्यूनीकरणको लागि थप कक्षा संचालन गर्नु पर्ने आवश्यक रहेको जोड दिए ।
नगरपालिकाले विधुतीय माध्यमबाट कक्षा संचालनको व्यस्था गर्न नसकेको जिकिर गर्दै उहाले तेस्रो लहर आउने संकेत देखिएको हुदा थप बैकल्पिक व्यवस्था गर्न जोड दिए । १५१० विद्यार्थी भएको विद्यालयमा १८ जना शिक्षक शिक्षिकाले अध्यन अध्यापन गराउदै आएको छ ।
माध्यमिक तहका ४ जना निम्न माध्यमिक तहका ४ जना र प्राथमिक तहका ७ जना तथा बालविकास सहजकर्ता २ जना कार्यरत रहेको बताउदै प्रध्यानाध्यापक सिंहले माविको लागि ३ , निमाविको १ र प्राविको १ जना शिक्षकको दरवन्दी खाली रहेको बताए ।
कक्षा १० मा नेपाली , अंग्रेजी , अनिवार्य गणित , विज्ञान , जनसंख्या तथा स्वास्थ्य शिक्षा , सामाजिक ,स्वास्थ्य तथा शारीरिक शिक्षा विषय रहेकोमा विद्यालयमा अंग्रेजी , गणित र विज्ञानको शिक्षक मात्र रहेको छ ।
विषयगत शिक्षक व्यवस्थापन प्रति स्थानीय सरकार निरिह देखिएकोले बाल बालिकाको शिक्षा स्तरीय हुन् सकिने अवस्था नरहेको र विद्यार्थीहरुको भविष्य अन्धकारमा डुब्ने निश्चित भएको देखिएको छ ।
४ बटा माध्यमिक विद्यालय सहित २१ विद्यालय संचालन रहेको सो नगरपालिकाको नगर प्रमुख सन्तोष मेहताले कोभिड १९ को कारण शिक्षा प्रभावित हुन् नदिने बैकल्पिक व्यवस्था गर्न लागेको बताउनु भएको छ ।
इन्टरनेटको व्यवस्था गर्न योजना बनाएको भन्दै मेयर मेहताले कोभिड १९ को कारण बालिकाहरु शिक्षा बाट प्रभावित भएको उल्लेख समेत गरे ।
बालिकाहरुलाई प्राविधिक शिक्षाको ज्ञान दिनको लागि निशुल्क कम्प्युटर कक्षा संचालन गरेको समेत बताए । विद्यालयमा भौतिक पूर्वाधारको निर्माण समेत गरिएको बताउदै मेयर मेहताले कमि भएको शिक्षकको चाडै पदपूर्ति गर्ने प्रतिवद्धता जनाए ।
निमित प्रमुख प्रशासकीय अधिकृत नन्द किशोर गुप्ताले बन्दा बन्दिको बेला ४ बटा माध्यमिक विद्यालयमा अनलाइन कक्षा संचालन गरेको दावी गरेका छन् ।
उहाले नगरपालिकाको शिक्षाको अवस्था बलियो भएको ठोकुवा समेत गरे । अपुग भएको शिक्षकको पदपूर्ति गर्ने तयारी भैरहेको जनाउदै शिक्षा र स्वास्थ्यको विकासको लागि आफु गम्भीर भएको बताए ।
विधुतीय मध्यमबाट कक्षा संचालन गर्न ३९ लाख ६९ हजार बजेट विनियोजन गरिएकोमा आर्थिक वर्ष ०७७÷०७८ मा १९ लाख ९१ हजार ५ सय रुपैया टोल टोल मा वाईफाई जडानमा खर्च गरिएको लेखापाल मनोज ठाकुरले जानकारी दिएका छन् ।
चिनबाट फैलिएको कोरोना भाइरसको संक्रमणबाट भएको लक् डाउनको कारण बन्द भएको विद्यालयले गरिव , असहाय , दलित , पिछडावर्ग , मुस्लिम , अपांग तथा सिमान्त बर्गका बालिका हरु बढी प्रभावित भएको छ ।
मित्र समाजले युनेस्कोको सहयोगमा असोज २२ गते देखि २४ गते सम्म संचालन गरेको कोभिड १९ को बन्दाबन्दिमा बालिका शिक्षाको प्रभाव विषयक तालिममा शिक्षा मन्त्रालयका डाक्टर हरि लम्सालले कोभिडको प्रभावका कारण देश भरिका करोडौ बाल बालिका प्रभावित भएको जानकारी गराएका थिए । उहाले विद्यालयले भौतिक रुपमा कक्षा संचालन गर्ने तर्फ कुनै तयारी समेत नगरेको तथ्यांक सार्वजनिक गरेका थिए ।