निलु झा ,पुस। नेपाल एक गरीब र बिकाशोन्मुख देश हो जहाँको अर्थतन्त्र बिप्रेषणमा आधारित छ ।अर्थातनेपालको यूवाहरुको मुख्य पेशा नेपाल कृषि प्रधान देश भएपनि बैदेशिक रोजगारी रहेको छ बैदेशिक रोजगारीको तथ्यांक हेर्ने हो भने कोरोना को लकडाउन पछि ह्वातै बढेको छ ।नेपालमा पनि लकडाउनको प्रभाव निकै नराम्रो संग पर्यो जसले स्वदेशमा भएका रोजगारीका अवसरहरु त गुम्यो नै बिदेशमा भएका युवाहरु ज्यान जोगाउन भनी नेपाल आए तर नेपालमा अवसरको कमी र पुजीको अभावमा आफैलाइ नेपालमा स्थापित गर्न नसकि कोरोना अलि मथ्थर हुने बितिकै पुन बिदेशिनुको बिकल्प थिएन । युवा त युवा अचेल युवतिहरुको पनि चाहना बैदेशिक रोजगारी बन्दै गएको छ।
बैदेशिक रोजगारीमा बिधमान अवस्था हेर्ने हो भने एकातिर सामाजिक संजालको राम्रा फोटो तथा ठलठूला महलहरुले यूवा यूवतिहरुको ध्यान मोहित गरिरहेको छ,भने अर्कोतिर बैदेशिक रोजगारीको क्रममा विभिन्न घटनाहरु तथा ठगीमा परी कतिपय घरपरिवारको उठीबास भएको छ ।
नेपाल सरकारले बैदेशिक रोजगारीको क्षेत्रमा कुनैपनि किसिमको मध्यस्तकर्ता एजेन्ट नरहेको अर्थात दर्तावालाहरु समेतलाई २०७५अषाढमा नै खारेजी गरिसकेको भएपनि नेपालको मुख्य बैदेशिक रोजगारी मै मुख्य स्थानको रुपमा रहेको रौतहट जिल्लाको व्यक्तिहरु अझैपनि एजेन्ट कै भर पर्ने कागजात जिम्मा लगाउने ऋण काढेर ल्याएको रकम जिम्मा लगाउने गरेको दिनहु सुन्न र हेर्न पाईन्छ नेपाल सरकारले पहिला त सेवा शुल्क बापत दश हजार १०,०००/- लिन पाउने भए तापनि लाखौ रुपैया लिएर पनि समयमा भिसा नलागाइदिने पासपोर्ट हराईदिने जस्ता समस्याहरु पनि नभएका पनि होईनन् ।
बैदेशिक रोजगार बिभागले बैदेशिक रोजगारी समबन्धि सामान्य प्रकृतिका मुददा तथा समस्या हेर्ने अभिभारा प्रमुख जिल्ला अधिकारी लाई दिएको जसअनुरुप जिल्ला प्रशासन कार्यालयको मुदा फाँटमा मुदाहरु दर्ता भएर बसेको महिनौ बिति सक्दापनि र्निक्योल आँउदैन त्यसको भित्रि कुरा बुझ्दै जाँदा जिल्ला प्रशासन कार्यालयले पटक पटक ऐजेन्टलाई उपस्थित गराउन भनी जिल्ल प्रहरी कार्यालयलाई पत्र काटे पनि ऐजेन्ट उपस्थित गराउन नसकेको र कारण बुझ्दा मान्छे नै फेला नपरेकोले उपस्थित गराउन सकेको कुरा जिल्ला प्रहरी कार्यालय बाट उतर आउँछ ।
डाईरेक्ट म्यानपावर कम्पनिमा समपर्क गर्दा जानकारी गराईरहदा एक त कम पढेलेखेका कति त झन् निरक्षर नै हुन्छन उनीहरुको भनाई काठमान्डौ जाउ आउ चिन जान छैन आफैले चाडो भिसा आउँदैन भनेर ऐजेन्टलाई समात्ने गरेको बताउँछन् फेरि ती एजेन्ट भनाउँदाहरु पनि कोहि बाहिरको नभएर आफ्नै नातागोता पर्ने रगाउँलेहरु नै अधिकांश हुन्छन् ।
यी त केहि मैले झल्को मात्र देखाउने प्रयास गरेको छु हालसालै रौतहटको बौधिमाई न.पा. वार्ड नं ६ का एकजना सबै प्रक्रिया पुरा गरी दुबई गएका थिए उनले सो काम गर्न नसकेपछि र उनको मानसिक अवस्थामा समस्या देखिएपछि घर फर्कन खोज्दा म्यानपावरले एजेन्ट संग कुरा गर्नु र एजेन्टले एक लाख पचास हजार १,५०,०००/- लिएर पठाएको र २ महिना मात्रै हुँदापनि निजलाई फर्काउन १८५०००/- एकलाख पच्चासी हजार मागेकोमा उनको श्रीमति ले जिल्ला प्रशासन कार्यालय को हाताभित्र रहेको आप्रवासी श्रोत केन्द्र आए पश्चात आप्रवासी श्रोत कन्द्र(MRC) (CMIR)को संयूक्त पहलमा १ महिनाको प्रयासपछि सुरक्षित नेपाल फर्काउन सफल भयो ।
यो त एउटा प्रितनिधि घटना मात्र हो यस्ता कैयौं केस साउदी कतार दुबई र मलेसियाको प्रक्रियामा रहेको छ।
यस्ता समस्या आउन नदिन जाने व्यक्ति स्वयम पनि सुशुचित तथा राम्ररी सुझबुझ गर्नु आवश्यक छ बिदेशमा पैसाको बोटै छ भन्ने सोच भएका व्यक्तिहरु राम्ररी बुझ्नु बिदेशमा १८-२० घण्टा काम गरे जसरी स्वदेशमा पनि गर्न सक्ने हो भने स्वदेशमै पनि त्यति पैसा कमाउन सकिन्छ भन्ने मेरो धारणा रहेको छ ।

(लेखक निलु झा आप्रवासी स्राेत केन्द्र राैतहटका सुचना अधिकृत हुन ।)