८ फाल्गुन
रौतहट जिल्लाको यमुनामाइ गाउपालिका वडा नम्बर ३ निवासी मोहमद इर्सादले गाउपालिकाका निर्वाचित जनप्रतिनिधिहरुले आफ्नो व्यक्तिगत विकास बढी गरेको आरोप लगाएका छन् ।
२०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा तत्कालिन संघीय समाजवादी फोरम पार्टीबाट गाउपालिका अध्यक्षमा २९१ मतबाट पराजित भएका इर्सादले गाउपालिकामा चरम भ्रस्टाचार भएको दावी समेत गरे ।
उनले नेपाल सरकार तथा प्रदेश सरकारले विकास निर्माणको लागि दिएको बजेट दुरुपयोग गरेको र नियमनकारी निकाय समेतले कुनै कार्यवाही समेत गर्न नसकेको बताए ।
आइतवार संचारकर्मिहरु सित कुरा गर्दै मोहमद इर्सादले आगामी निर्वाचनमा लोकतान्त्रिक समाजवादी पार्टीको तर्फबाट पुनः अध्यक्ष पदमा उम्मेदवारी दिने उदघोष गरे ।
२०७४ को निर्वाचनमा १७८५ मत इर्सादले पाएका थिए भने नेकपा माओवादी केन्द्रबाट निर्वाचित गाउपालिका अध्यक्ष श्री प्रसाद मुखियाले २०८६ मत ल्याएर विजयी भएका थिए ।
स्थानीय तहमा प्रतिपक्षको भूमिका रहेका अन्य दलका नेताहरुले आर्थिक प्रलोभनमा परि भ्रस्टाचारमा सहयात्री बनेको उहाको भनाइ रहेको छ । गाउपालिका अध्यक्ष मुखियाले निमित प्रमुख प्रशासकीय अधिकृत , वडा अध्यक्षहरुको सहकार्यमा सामाजिक सुरक्षाको रकम , बालबालिकाको पोषण भत्ता , सडक तथा नाला निर्माण लगायतको शिर्षकहरुमा अनियमितता गरेको ठोकुवा गरे ।
नेपालको संविधान र सुचनाको हक सम्वन्धि ऐनले आम नागरिकलाइ दिएको हकको गाउपालिकाका निर्वाचित जनप्रतिनिधिहरुले हनन गरेको जनाए । गाउपालिकामा भएका खर्चको जानकारीको लागि सुचनाको हक लिन जादा त्यो पनि नदिएको उनले भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि केहि गर्न सकेन ।
जनताको लागि हरेक दुख सुखमा सहभागी हुदै आएकोले २०७९ बैशाख ३० गतेमा हुने निर्वाचनमा निर्वाचित हुने विस्वास व्यक्त गर्दै मोहमद इर्सादले भ्रस्टाचार नियन्त्रण गर्नका लागि आफु उमेदवार हुन् लागेको बताए ।
जनताको कार्यको लागि खरिद भएको जेसिवी मेशिन अध्यक्ष मुखियाले आफ्नो दरबाजामा राखेको जानकारी दिदै इर्सादले आफ्नो मनोपोली ढंगबाट कार्यगर्दै आएका वर्तमान अध्यक्ष मुखियालाइ यस पाली जनताले पराजित गर्ने दावी गरे ।
शुद्ध खानेपानीको लागि गाउपालिकाबाट जडान भै रहेको हैंडपाइपमा पनि रकम असुल्ने गरे , आफ्नो कार्यकर्ता र समर्थकको घरमा मात्र कल गाड्ने कार्य भैरहेको बताए ।
अध्यक्ष प्रत्यासी इर्सादले औषधि खरिदमा पनि ५० प्रतिसत कमिसन लिने गरेको आरोप समेत लगाए ।