१० फाल्गुन
गौरको विच भागमा रहेको गौर राइस मिल एण्ड फ्लोरको जग्गा विक्री गर्न फेरि भू माफियाहरुको चलखेल शुरु भएको छ ।
२००३ सालमा नेपाल र भारतका केहि व्यवसायीहरुको साझा लगानीमा स्थापना भएको उक्त राइस मिलको करिव साढे ६ विगहा जग्गा सर्वे नापीको समय २०२१ सालमा कम्पनीको नाउमा सर्वे भएको जग्गाको हकदावी गर्ने कोहि नभएपनि नक्कली कम्पनि संचालक बनेर सार्वजनिक प्रयोगको जग्गा कानुन विपरित विक्री गर्न केहि जग्गाको करोवारी गर्ने व्यक्ति पुनः चलखेल गर्न शुरु गरेको हो
स्थानीय र प्रादेशिक निर्वाचन पछि सो जग्गा विक्री गर्न सक्रिय भएका गिरोहले स्थानीयहरुको चर्को विरोधको कारण केहि दिन देखि चुप लागेको र अहिले जालझेल गरेर जग्गा विक्री गर्न सक्रिय भएको खुलासा रौतहट जिल्ला क्रिकेट संघका पदाधिकारीहरुले गएको शनिवार गौर स्थित एक होटेलमा आयोजना गरेको बैठकबाट खुलासा भएको हो ।
मधेश प्रदेश सरकारले सो राइस मिलको जग्गा अधिग्रहण गर्नका लागि १५ करोड रकम विनियोजन गर्दा पनि सो रकमलाइ कार्यन्वयनलाइ बाधा पुर्याउन सफल भएका गिरोहले अहिले नक्कली घर बाटो प्रमाणित गरेको कागजात सार्वजनिक गरेको छ ।
३ नम्बर वडा कार्यालयका लेटर पैड प्रयोग गरि सो राइस मिलको जग्गाको घर जग्गा २०७७÷ ७÷१७ गतेमा नक्कली छाप तथा वडा अध्यक्ष श्यामसुन्दर पटेलको हस्ताक्षर प्रयोग गरेको कागजातलाइ आधार बनाएर जग्गा विक्री गर्ने गरेको सड्यन्त्रको पर्दाफास समेत भएको हो ।
सो पत्रमा पुरानो गौर गाउको छाप प्रयोग गरिएको छ भने १ नम्बर वडा कार्यालयको छाप लगाईएकोले वडा कार्यालयको कर्मचारी भू माफियाको गिरोह संग मिलेको शंका उत्पन्न भएको छ ।
वडा अध्यक्ष पटेलले आफुले त्यस्तो काम नगरेको दावी गर्दै मेरो किर्ते सहि छाप गरेको ठोकुवा गरेका छन् ।
सार्वजनिक सरोकारको विषय भएकोले यस्तो कार्य कुनै पनि हालतमा गर्न नसकिने बताउदै उहाले नक्कली कागजात बनाउनेको खोजि गरि कानुनी दयारामा समेत ल्याउने चेतावनी दिएका हुन् ।
गौर नगरपालिकाका नगर प्रमुख अजय कुमार गुप्ताले पहिला मिलको समान खरिद गर्ने व्यक्तिले अहिले निर्वाचनको बेलामा निर्वाचित जनप्रतिनिधिलाइ बदनाम गर्ने सड्यन्त्र गरिरहेको आरोप लगाएका छन् ।
राइस मिलको जग्गा विक्री गर्ने समुहलाइ छिटै गौरका स्थानीय जनताले तह लगाउने बताए । गौर राइस मिलको जग्गा अधिग्रहण गराउन प्रयास गरेको र सो प्रयासलाइ भू माफियाको गिरोहले बाधा पुर्याएको उल्लेख गरे ।
प्रदेश सरकारले विनियोजन गरेको १५ करोड रुपैया नेपाल सरकारको अर्थ मन्त्रालयले सहमति नदिएको कारण अधिग्रहण हुन् नसकेको जिकिर गरे । गौर राइस मिलको जग्गा गौरको गौरब को विषय रहेकोले जुन सुकै हालतमा सो जग्गालाइ जोगाउने दावी समेत गरे ।
राइस मिलको भवनमा बसेका रौतहट जिल्ला क्रिकेट संघका पदाधिकारीहरुले ४ विघा जग्गा अन्य ठाउमा खेलकुदको लागि दिने र यो जग्गा खाली गरिदिने आएको प्रस्तावलाइ समर्थन गर्नको लागि गौरका केहि संचारकर्मीहरु समक्ष प्रस्ताव गर्दा राइस मिलको जग्गा विक्री गर्ने खेल फेरि शुरु भएको खुलासा भए लगतै केहि वर्ष देखि गौण रहेको मुद्दा अहिले एकाएक चर्चामा आएको हो ।