रौतहट । असार ३ । कटहरिया नगरपालिकाले अगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ५४ करोड २५ लाख ५२ हजार ४ सय ७५ रुपैयाँको बजेट प्रस्तुत गरेको छ ।
मंगलवार रौतहटको कटहरिया नगरपालिकाको प्रांगणमा सम्पन्न नगरपालिकाको नगर सभाको ११औं अधिवेशनबाट आन्तरिक स्रोत, स्थानिय सरकार राजश्व बाँडफाँड, प्रदेश सरकार, सङ्घीय सरकारबाट अनुदान गरी ५४ करोड भन्दा बढीको बजेट प्रस्तुत गरेको छ ।
कटहरिया नगरपालिकाको ११ औँ अधिवेशनमा नगर प्रमुख अजय प्रकाशले अगामी आर्थिक वर्षको लागि आन्तरिक आयबाट ४ करोड, नेपाल सरकारबाट प्राप्त हुने वित्तिय समानिकरण अनुदानबाट १० करोड ९९ लाख,सशर्त अनुदानबाट २० करोड ३२ लाख ५० हजार ९ सय ७२ रुपैया, राजस्व बाँडफाँटबाट १० करोड २८ लाख ६१ हजार ३ सय ७१ रुपैया ,प्रदेश सरकारबाट वित्तिय समानीकरण ७५ लाख ६५ हजार, राजश्व बाँडफाँडबाट ६१ लख ७४ हजार ८ सय ९० रुपैया ,स्थानिय सरकार राजश्व बाँडफाँडबाट ७ करोड २८ लाख २ सय ४२ रुपैयाँ को बजेट प्रस्तुत गर्नु भएको छ ।
समृद्ध पालिका निर्माणको लागि शिक्षा,स्वास्थ्य,सडक,पुर्वाधार,कृषि लगायतका क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर अगामी आर्थिक वर्षको लागि बजेट प्रस्तु गर्दै मेयर अजय प्रकाशले खर्च तर्फ चालु खर्च ३९ करोड ४६ लाख २६ हजार १ सय ४ रुपैयाँ र पुँजीगत खर्च १४ करोड ७९ लाख २६ हजार ३ सय ७१ रुपैया गरी कुल खर्च ५४ करोड २५ लाख ५२ हजार ४ सय ७५ रुपैयाँको अनुमानित बजेट रहेको बताउनु भयो ।
नगरपालिकाले शिक्षा,स्वास्थ्य, पूर्वाधार विकास, कृषि, पशु सेवा लगायतका क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट निर्माण गरिएको नगरपालिका लेखा अधिकृत कामेश्वर सहनीले जानकारी दिनु भयो ।
रौतहटमा दुई गाउँपालिका र १६ वटा नगरपालिका गरि १८ वटा स्थानिय तह रहेका अहिले सम्म २ वटा स्थानिय तहले नगर सभा गर्न सफल भएको छ । यो भन्दा अगाडी गएको आइतवार रौतहटको राजपुर नगरपालिकाले आफ्नो ९औं नगरसभाबाट आर्थिक वर्ष २०८२/०८३ का लागि ५७ करोड ५३ लाख ७८ हजारको बजेट सार्वजनिक गरेको थियो । आज रौतहटको १८ वटा पालिकाहरु मध्ये कटहरिया नगरपालिकाले पनि नगर सभा सम्पन्न गर्न सफल भएको छ ।