रौतहट । राैतहट जिल्लाको गौर नगरपालिका वडा नम्बर ५ निवासी मिन्टू जैसवालले ३८ वर्षीय एक महिलाले ६० लाख भन्दा बढी रकम ठगी गरेको बताएका छन।
सोमबार नेपाल पत्रकार महासंघ रौतहट शाखामा पत्रकार सम्मेलन गरी जैसवालले गौर नगरपालिका वडा नम्बर १ निवासी ३८ वर्षीय पुजा जैसवाल नाम गरेकी महिलाले मेरो नाबालक भाई मनिष जैसवाल लाइ हनी ट्रयापमा परि ठुलो मात्रामा रकम ठगी गरेको दावी गरे।
भारत बिहारको कमतौलमा बिहे गरेकी महिलाले व्यापारको शिलशिलामा गरुडा बोलाई होटेलमा बसी चिसोमा नशा जन्य पदार्थ मिसाई खुवाई अचेत भई सुति सके पछि शरीरबाट कपडा हटाई फोटो र भिडियो बनाई हनी ट्रयापमा परेको पीडकका दाइ मिन्टूले बताए।
गौरमा रेडिमेड कपडा पसल र काठमाडौँमा व्यापार रहेकोमा २८ हजारको समानको औडर गरेको सो सो समान लिएर दिन गएका भाई मनिष त्यसको सड्यन्त्रको सिकार भएको हो।
कहिले पनि नशा नगर्ने भाईलाई नशा खुवाई बेहोस बनाई आफु पनि कपडा हटाई फोटो र भिडियो बनाई पछि पैसा माग्यो र त्यस पछि बार्गेनिगको शिलशिला शुरु भै २ बर्ष मा पटक पटक ५१ लाख ७३ हजार भन्दा बढी रकम माच्छा पुच्छ्रे बैंक लिमिटेड बाट खातामा मगाएको बैंक स्टेटमेन्ट बाट पुस्टि भै रहेको छ।
मनिषलाइ पैसा पठाऊ नत्र तेरो र तिम्रो परिवारको धज्जिया उडाई दिन्छु धमकी दिदै रकम लिने गरेको पाइएको छ। भारतमा बिबाह गरेकी उक्त महिलाको माइती घर गौरमा रहेको छ। भारतमा संचालन गरेको खातामा पनि करिब १५ लाख रकम लिएको दावी गरे।
बैंक स्टेटमेन्ट अनुसार २०८१ कार्तिक १५ देखि २५ गते सम्म पुजा जैसवालको नाउमा ६ लाख २४ हजार रुपैया गएको देखिन्छ। मङ्सिर २१ गते देखि पुस २ सम्म १ लाख ८४ हजार रकम लिएको देखिन्छ।
पटक पटक रकम लिएकी पुजाले शनिवार केहि पत्रकार संग कुरो गर्दै मनिष जैसवालले ८ वर्ष देखि यौन शोषण गरेको र ८ लाख रुपैया लिएको र बिहे गर्न नमानेको आरोप लगाएको भिडियो सार्बजनिक भएपछी मिन्टू जैसवालले ति महिला को असली चरित्र बाहिर ल्याएका हुन।
जैसवालका अनुसार हनी ट्रा्यापेर महिलाको कारण आर्थिक क्षति हुनुको साथै परिवार नै तनावमा आएको दावी गरे। पिडित भाई महिलाको तनावले मानसिक रुपमा तनावमा आएको बताउदै रकम ठगी गरेको बिषयमा कानुनी उपचारमा जाने बताए। मनिषको बिहे हुन लागेको बेला रकम ठगी गर्ने कार्यमा संलग्न रहेकी महिलाले पारिवारिक सम्बन्ध बिगार्न खोजेको आरोप समेत लगाए।