Oplus_0

रौतहट। मधेश प्रदेश सरकारको अवधारणा अनुसार “एक पालिका, एक उत्कृष्ट शिक्षक” पुरस्कार वितरण तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

एक पालिका एक उत्कृष्ट शिक्षक अवधारणा अनुसार राैतहटकाे दुर्गा भगवतीका गाँउपालिकाका शिक्षक मुकेशकुमार चौधरी सम्मानित भएका छन् । चाैधरी पालिका अन्तरगत उत्कृष्ट शिक्षक छनाैट हुनु भएकाे हाे ।

शिक्षा तथा संस्कृति मन्त्रालयद्वारा होटल सीताशरण जनकपुरधाममा मंगलवार “एक पालिका, एक उत्कृष्ट शिक्षक” पुरस्कार वितरण कार्यक्रममा शिक्षा तथा संस्कृति मन्त्री रानी तिवारीले शिक्षक चौधरीलाई दोशल्ला, कदरपत्र र नगद दिएर सम्मानित गर्नु भएको छ ।

दुर्गा भगवती गाउँपालिका–१ गंगापिपरा श्री जनता प्राथमिक विद्यालयका प्रधानाध्यापक रहेका चौधरी पालिकाको उत्कृष्ट शिक्षकमा छनौट भएपछि उनलाई मंगलबार शिक्षा तथा संस्कृति मन्त्री तिवारीले जनकपुरधाममा आयोजित कार्यक्रमका बीच सम्मान गरे ।

मधेश प्रदेशमा शिक्षाको स्तरलाई माथि उकास्न तथा शिक्षा प्रति शिक्षकलाई जवाफदेहि बनाउने उद्देश्यबाट “एक पालिका, एक उत्कृष्ट शिक्षक” लाई पुरस्कृत गर्ने योजना ल्याएर आर्थिक बर्षको अन्त्यमा छनौट भएका चौधरी जस्तो १३६ शिक्षकलाई सम्मानित गरियो ।

प्रदेशको आठ वटै जिल्लाका १३६ स्थानीय तहबाट एक–एक जना उत्कृष्ट शिक्षक छनौट भएकाहरुलाई शिक्षा तथा संस्कृति मन्त्री रानी तिवारीले १३६ जना शिक्षक शिक्षिकाहरुलाई सम्मानित गरिएको जनाइएको छ ।

गंगापिपरा नै स्थायी ठेगाना रहेका शिक्षक मुकेशकुमार चौधरी आफनो शिक्षण पेशा प्रति पूर्ण निष्ठावान भएर लागेकै कारण दुर्गा भगतवीमा उत्कृष्ट शिक्षकको रुपमा छनौटमा परेका छन् ।

उत्कृष्ट शिक्षक शिक्षिकहारुलाई कदरपत्र, दोशल्ला, नगद ८५०० सहित प्रदेश सरकारले सम्मान गरेकाे छ ।