रौतहट । रौतहट जिल्लाको ऐतिहासिक र धार्मिक आस्था केन्द्र राजदेवी नगरपालिका–१ स्थित प्रसिद्ध राजदेवी मन्दिरमा शनिबार हिन्दी फिल्म ‘PARADOX’को शुभ मुहूर्त भव्य रूपमा सम्पन्न भएको छ।
मानव तस्करीविरुद्ध जनचेतना फैलाउने उद्देश्यसहित निर्माण हुन लागेको यस चलचित्रलाई समाजमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ । फिल्मका लेखक सागर राज गुप्ताले समाजमा व्यापक रूपमा फैलिएको मानव तस्करीको समस्या उजागर गर्दै यसको रोकथाममा चलचित्र माध्यम प्रभावकारी हुने विश्वास व्यक्त गरे।

चलचित्रको निर्देशन अनुपम साहले गर्ने छन् भने निर्माताको रुपमा रामारमन सहनी र एम.एल. यादव रहेका चन् ।
फिल्ममा मुख्य भूमिकामा मेवालाल यादव र रन्धिर कुमार ,दिव्य सिङ्देल,प्रिया लामिछाने,पवन साह,मिस्टर सुर्यदेवप्रसाद कोइराला लयागतका नाम चलेका तथा स्थानिय कलाकारको भुमिका रहनेछन् ।
अभिनाश फिल्म मिडिया प्रा.लि. र सुधीर इन्टरटेन्मेन्ट प्रा.लि.को संयुक्त प्रस्तुतिमा बन्ने’PARADOX’को छायांकन चाँडै सुरु हुने अभिनेता मेवालाल यादवले जानकारी दिएका छन् । उनका अनुसार चलचित्रका दृश्यहरू नेपाल र भारतका विभिन्न रमणीय स्थानमा खिचिने छन्।
शुभ मुहूर्त कार्यक्रममा राजदेवी नगरपालिकाका नगरप्रमुख भिखारी प्रसाद यादव, नेपाल पत्रकार महासंघ मधेस प्रदेश सदस्य शैलेन्द्र झा,पत्रकार राकेश यादव,चञ्चल झा, सत्येन्द्र प्रताप सिंह, दिलिप पाण्डे, चन्दन महतो, समाजसेवी देवि अधिकारी, कलाकार रामबाबु साह, दिपेश शर्मा, रौनक नवीन, दिपेन्द्र भाई, असलम भाई,कृष्णमणि झालगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।
फिल्म ‘PARADOX’बाट केवल मनोरञ्जन मात्र नभई सामाजिक चेतना समेत फैलिने र मानव तस्करीविरुद्ध लड्न सशक्त भूमिका खेल्ने आशा सहभागीहरूले व्यक्त गरेका छन्।