रौतहट भाद्र २८ । रौतहट सदरमुकाम गौर स्थित आइ।बि।ए। विद्यालयले अधिकार माग्ने मात्र होइन।, जिम्मेववारी पनि पुरा गरौं, गौर नगरवासिको चाहना, सफा गौर स्वच्छ गौर जस्ता मुख्य नारा सहित एक भब्य कार्यक्रम बिच बृहत नगर सरसफाईको आयोजना गरेको हो ।
बृहत नगर सरसफाईमा हाम्रो जिम्मेवारी भन्दै करिब ३ सय जना विद्यार्थीहरुको सहभागिता रहेको थियो । विद्यार्थी भाई बहिनीहरुले नृत्य प्रस्तुत गरी सो कार्यक्रमको आरम्भ गरिएको थियो ।
सो कार्यक्रममा प्रमुख अतिथि गौर नगरपालिकाका युवा मेयर अजय कुमार गुप्ता थिए भने उपमेयर किरण ठाकुर, प्रशासकिय अधिकृत सुमन कुमार कार्की, नगरपालिकाका प्रवक्ता एवं वडा नं। ६ का वडा अध्यक्ष शेख जम्शैद, वडा नं। १ का भरत साह, वडा नं। २ का राकेश झा, वडा नं। ५ का रामस्वार्थ यादव र वडा नं। ७ का मजहर खाँ, सरसफाईका अभियनताहरु, जितेन्द्र भारती, सुनिल केशरी लगायत युवा नेता ओमप्रकाश मधेशीया, बृद्धिजीवि, नागरिक समाज, व्यापारी, युवा शिक्षकहरुको सहभागिता रहेको थियो ।
सो कार्यक्रममा प्रमुख अतिथि युवा मेयर अजय कुमार गुप्ताले गौर वडा नं। ४ निवासि आई।बि।ए। विद्यालयको कक्षा यू।के।जी मा पढ्ने चाँदनी यादवलाई डस्टबिन हस्तनान्तरण गरी नगर सरसफाईको जिम्मा सांकेतिक रुपमा नगरवासिले नै गर्नुपर्ने कुरालाई उजागर गरिएको थियो ।
सो कार्यक्रममा उप मेयर किरण ठाकुरले सरसफाईका लागि १० वर्षि वडा नं। ३ निवासि सोही विद्यालयको कक्षा यु।के।जी।मा पढ्ने मुस्कान रजकलाई डस्टबिन हस्तनान्तरण गरिएको थियो ।
त्यस्तै प्रशासकिय अधिकृत सुमन कुमार कार्कीले भने ९ वर्षि वडा नं। २ निवासि सिमरन शाहलाई डस्टबिन हस्तनान्तरण गरिएको थियो । त्यसैगरी उपस्थित सबै वडाका वडा अध्यक्ष, पत्रकार महासंघ रौतहट जिल्ला अध्यक्ष रबिन्द्र साहले एक÷एक जना विद्यार्थीहरुलाई डस्टबिन हस्तनान्तरण गरेका थिए । सरसफाईको जिम्मेवारीको बोध बालबालिकामा गराउन यो कार्यक्रमको आयोजना गरिएको कुरा आई।बि।ए। विद्यालयका प्र।अ। संतोष पौडेल बताएका छन् ।
उक्त नगर सरसफाई अभियानमा पत्रका महासंघका जिल्ला अध्यक्ष रबिन्द्र साहले सरसफाईको जिम्मा नगरवासिकै भाईबहिनीहरुलाई जिम्मेवार महसुस गराई दिइएमा नगरपालिका छिट्टै नै सरसफाईमा खरायोको गतिमा अगाडि बढ्ने कुरा सोचलाई बताए ।
उक्त कार्यक्रममा पत्रकार राकेश यादव, दिनेश यादव, धर्मेन्द्र साह, आनन्द खनाल, विजय पटेल, चञ्चल झा, अजित कुमार कर्ण, रौतहट टाईम्सका प्रकाशक दिलिप पाण्डे, अमित ठाकुर, संजित गिरी, आर।एन। साह, मोजिबुल्लाह, सत्येन्द्र प्रताप सिंह, सुनिल ठाकुर लगायत शिक्षक र अभिभावकहरुको सहभागिता रहेको थियो ।
सरसफाईको अभियानमा आई।बि।ए। विद्यालयले गरेको कार्यको प्रशंसा गर्दै युवा मेयर अजय कुमार गुप्ताले सबै नगरवासिले आफ्नो सोच बदल्नु पर्ने कुरामा जोड दिदै सरसफाईमा आफुले गगर्न भ्याएसम्म गर्ने र केहि जिम्मेवारी नगरवासिहरुले पनि लिनुपर्ने कुरा व्यक्त गरेका छन् । मेयर गप्ता नगर सरसफाई भएमा गौर नगरपालिकाको इज्जत बढ्ने भएकोले यसमा सबैको भुमिका उतिकै हुने कुरा ब्यक्त गरेका थिए ।
सो कार्यक्रममा उपमेयर किरण ठाकुरले सबै मिली नगर सफा गर्ने जिम्मा लिनु पर्ने कुराको जिकिर गर्दै आई।बि।ए। विद्यालयको प्रशंसा गरेकीे थिइन ।