सर्लाही, ५ चैत । सर्लाही जिल्ला अन्तर्गत पर्ने हुलाकी राजमार्ग बलरा नगरपालिकामा मंगलवार दुई मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय सर्लाही मलंगवाले जारी गरेका प्रेस नोटमा आज दिउसो १२.५५ बजेको समयमा बलरा नगरपालिका वडा नम्वर ११ छतौना स्थित हुलाकी राजमार्गमा मलंगवा तर्फ गईरहेका म.प्र.२–०३–०१८ प ३२०६ मोटरसाइकल र विपरित दिशाबाट आउदै गरेका म.प्र.–०२–००६ प ००६ मोटरसाइकल एक आपसमा ठक्कर खादा रौतहट दुर्गा भगवती गाउँपालिका वडा नम्वर ५ का ४६ बर्षीय नरेश प्रसाद जयसवालको मृत्यु भएका हुन् ।
म.प्र.२–०३–०१८ प ३२०६ मोटरसाइकलमा पछाडी सबार जयसवालको टाउको सहित शरीरको विभिन्न स्थानमा चोट लागेर गम्भीर भएपछि निजलाई तत्कालै उपचारको लागि वीरगञ्ज जाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी सरोज राईले जानकारी दिए ।
मोटरसाइकल चालक रौतहटको राजदेवी नगरपालिका वडा नम्वर ३ का ४५ बर्षीय सिकेन्द्र बैठाको हात र खुट्टमा गम्भीर चोट लागेको हुँदा निजको वीरगञ्ज स्थित ब्योध्या अस्पतालमा उपचार भईरहेको तथा मृतक नरेशको शव त्यही राखिएको उनले बताए ।
म.प्र.–०२–००६ प ००६ नम्बरको चालक सर्लाही रामनगर गाउँपालिका वडा नम्वर १ का ३० बर्षीय होसनारायाण रायलाई इलाका प्रहरी कार्यालय गडहियाको नियन्त्रणमा रहेको जानकारी दिदै डिएसपी राईले घटना सम्बन्धमा आवश्यक अनुसन्धान जारी रहेको बताए l स्राेत तराइ टप