राकेश यादव , १३ असोज
गौर नगरपालिकाले बजार अनुगमन कार्य शुरू गरेको छ । चाड पर्वमा अखाद्य बस्तु विक्री वितरण गर्ने कार्यको नियन्त्रण गर्ने र चर्को मूल्यलाइ व्यवस्थित गर्ने उदेश्यले नगरपालिकाले बजार अनुगमन गर्न लागिएको हो । दशै पर्वको मध्यनजर गर्दै बजार अनुगमनको कार्य अगाडी बढ़ाइएको नगरप्रमुख अजय कुमार गुप्ताले बताएका छन ।
चाड पर्वमा उत्पादन समय सिमा समाप्त भएको बस्तु विक्री वितरण गर्ने , ग्राहक ठगिने कार्य हुन सकने सम्भावना रहेकोले बजार अनुगमन गर्न लागिएको मेयर गुप्ताको भनाइ रहेको छ । जिल्ला प्रशासन कार्यालय , उद्योग वाणिज्य संघ , घरेलु तथा साना उद्योग कार्यालय , पत्रकार ,प्रहरी ,नगर प्रहरी सहितको संयुक्त टोली बजार अनुगमन गरिरहेको छ ।
टोलीले किराना पसल ,पान पसल , होटल , हार्डवेयरको पसल , इलेक्ट्रा‘निक्स पसल , पर्चुन , का‘स्मेटिक , फलफूल ,औषधि ,कपडा पसल ,हरुमा उद्योग कार्यालय , कर कार्यालय , नगरपालिका कार्यालयमा व्यवसाय दर्ता , राजश्व तिरेको रसित , पसल संचालको अनुमति पत्र , उत्पादन मिति , विक्री वितरणको लागि राखिएको सामानहरुको क्वालिटी चेकजाच गर्ने गरेको जिल्ला प्रसाशन कार्यालयका प्रतिनिधि नायव सुब्बा राम नरेश साहले बताएका छन । अनुगमनको क्रममा समय समाप्त भएको खानेकुरा लगायतको समान बरामद भएको छ ।
पसलमा फेला परेको गुणस्तारहीन ,अखाद्य बस्तु जफत गरिएको नगर प्रहरीका सई राजेन्द्र प्रसाद साहले बताएका छन