५ चैत्र
रौतहट जिल्लाको राजपुर नगरपालिकामा निर्माण हुने कालोपत्रे सड़कको नगर प्रमुख मोहमद शेख सकिल अख्तरले बुधवार शिलान्यास गर्नु भएको छ
नेपाल सरकारको सम्पूरक अनुदानबाट ९ करोड़ २५ लाखको लागतमा निर्माण हुने करीव ४ किलो मिटेर लामो सड़कको मेयर अख्तरले शिलान्यास गरेका हुन । बमनहर नजिक रहेको पेट्रोल पम्प देखि राजपुर पानी टंकी सम्म १ हजार ३ सय मीटर तथा राजपुर पानीटंकी देखि कुरिया कब्रिस्तान सम्म २ हजार ५ सय मीटर सड़क कालो पत्रे गरिने टेण्डर भएको नगरप्रमुखले जानकारी गराएका छन ।
धेरै दिनको सपना पूरा हुन लागेको भन्दै हर्षित भएका मेयर अख्तरले जनताको लागि कामगर्ने प्रतिवद्ध रहेको बताए । सड़कको कार्य स्तरीय गराउने , गुणस्तरमा समझौता नहुने उद्धघोष गरे । उहाले भने कार्य तीव्र रुपमा हुनेछन । सड़क निर्माणको टेण्डर लिएका साह निर्माण सेवाका निर्देशक नागेन्द्र साहले समय मै सड़कको निर्माण कार्य संपन्न गरिने दावी गरेका छन ।
शिलान्यास सँगै सड़कको बेस निर्माणको लागि ग्राभेल हाल्ने कार्य शुरू गरिएकोले निर्माण कार्य समयमा संपन्न हुन सक्ने ठेकेदारको विश्वास रहेको छ ।