३१ श्रावण
जिल्ला प्रशासन कार्यालय रौतहटले श्रावण २४ गते देखि ३२गते सम्म जारी गरेको निषेधज्ञाको अवधि ७ दिन थप गरेको छ ।
श्रावण ३१ गतेका दिन बसेको जिल्ला सुरक्षा समितिको बैठकबाट दोस्रो चरणको निषेधज्ञाको अवधि ७ दिन थप गर्ने निर्णय गरेको जिल्ला प्रसाशन कार्यालय रौतहटले जनाएको छ । बैठकबाट तीन वटा शर्त सहित तीन दिन खाद्यान्न सामग्रीको पसल ३ घण्टा खोल्ने निर्णय समेत गरेको हो । बैठकले बैकहरु खोल्ने विषयमा केही बोल्न सकेका छैन । भदौ १ गते देखि भदौ ७ गते राति १२ बजे सम्म थपिएको निषेधज्ञा अवधिमा आम नागरिकलाइ अति आवश्यक खाद्य सामग्रीको आपूर्ति सहज बनाउने उदेश्यले १ गते सोमबार , ३ गते बुधवार र ५ गते शुक्रवार विहान ६ बजे देखि ९ बजे सम्म शर्तको पूर्ण पालना गराई पसलहरु खोल्न दिने बैठकले निर्णय गरेको जिल्ला प्रशासन कार्यालयले जारी गरेको सुचनामा उल्लेख गरिएको छ ।
पसल संचालकको लागि निर्धारण गरिएको शर्तहरुमा पहिलो विक्रेता तथा उपभोक्ताले सैनिटाइजर ,मास्क तथा पंजाको अनिवार्य प्रयोग गर्ने ,दोस्रो मास्क नलगाइ आउने उपभोक्ताहरुलाई खाद्य बस्तु विक्री वितरण नगर्ने र तेस्रो शर्त विक्रेताले अनिवार्य रुपमा भौतिक दुरी कायम हुने गरी मात्र विक्री वितरणको व्यवस्था मिलाउने रहेका छन ।
प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको हस्ताक्षर भएको सुचनामा निर्धारण गरिएको स्वास्थ्य सुरक्षा सम्वन्धी मापदण्डको उलंघन गर्ने गराउने वा कार्यान्वयनमा अवरोध गर्ने गराउने ऊपर संक्रमण रोग ऐन २०२० तथा स्थानीय प्रशासन ऐन २०२८ बमोजिम कड़ा कार्यवाही गरिने चेतावनी दिइएको छ । कोरोना भाइरसको संक्रमितको संख्या दिनानुदिन बढ्दै गइरहेको र संक्रमणको जोखिमको सम्भावना समेत उच्च रहेकोले दोस्रो चरणको निषेधज्ञा भदौ १ गते देखि ७ गते सम्म निरंतरता दिने जिकिर लिदै अवधि थप गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय द्वारा जारी गरिएको सुचनामा निर्धारित समयमा खुल्ने खाद्य सामग्रीको पसलहरुको कडाईका साथ अनुगमन गर्ने भनी कही कतई जिकिर गरिएको छैन । लकडाउनको अवधिमा विक्रेताहरुले आपूर्तिको कृत्रिम अभाव देखाएर उपभोक्ताबाट मा‘नोपोली ढंगबाट चर्को मूल्यमा दैनिक उपभोग्यका सामग्री विक्री वितरण गर्ने गरेकोले उपभोक्ताहरु मारमा पर्दे आएको हुदा स्थानीय प्रशासनले यस तरफ गंभीर ध्यान दिनु पर्नेमा जिल्ला सुरक्षा समितिको ध्यान नगएको पत्रबाट प्रस्ट बुझिराखेको छ ।
निषेधज्ञा संक्रमण नियंत्रणको विकल्प नभएकोले सावधानी स्वास्थ्य सुरक्षाको अवलम्बन गर्दै दैनिकी जीवन यापन गर्ने बातावरण सृजना गर्दै जानूपर्ने महत्वपूर्ण विषय रहेको छ । लकडाउन र निषेधज्ञाको कारण सामान्य जीवन कठिन भएको र गरीव निमुख्खा श्रमजीवी बर्ग समुदायको व्यक्तिलाइ दैनिकी जीवन बिताउंन गार्हो भएको छ । संघीय सरकार , प्रादेशिक सरकार र स्थानीय सरकारले लकडाउन निषेधज्ञाको बेला राहत दिने विषयमा गंभीर नभएकोले जीवन जिऊँ अप्ठ्यारो भएको छ ।
निषेधज्ञाको अवधीमा बैंकिंग कारोबार गर्ने संघ सस्था पूर्ण रुपमा बंद भएकोले माध्यम वर्ग ,न्यून वर्गीय समुदायका व्यक्तिलाइ कारोबार गर्ने आर्थिक संकट उत्पन्न हुने भएको हुदा जिल्लामा रहेका बैकिंग सस्थाहरुलाइ आलोपालो गरी सञ्चालन गर्ने व्यवस्था मिलाउनु पर्ने स्थानियहरुको भनाइ रहेको छ ।