बारा ,कार्तिक २६
मेची महाकाली बुहारी संयुक्त अवाज सस्थाले बुधवार बारा जिल्लाका निजगढ नगरपालिकाका वड़ा नम्बर ७ मा बृद्ध महिला पुरुषहरुलाई जाड़ोको लागि न्यानो कपडा वितरण गरेका छन ।
चिसोको समय आएकोले बृद्ध आमा , बूबालाइ जोगाउनु पर्ने उदेश्यले शरीरको तापक्रम स्थिर राख्नलाइ २ सेट सिरक ,डसना , तकिया ,ब्लैंकेट को साथै जाड़ोमा लगाउने न्यानो कपडा वितरण गरिएको मेची महाकाली बुहारी संयुक्त आवाजका जिल्ला संयोजक सावित्री तिमिल्सिनाले बताएकी छीन ।
तराईका बुहारीहरुको समस्या समाधान , न्यायको लागि सहाकरी ,अवाज उठाउन लक्ष्य लिएर स्थापना गरिएका सस्था अहिले तराइका जिल्लाहरुमा सक्रीय रुपमा कार्य गर्दै आएको छ । वितरण गरिएको सिरक ,डसना , ब्लैंकेट नगरपालिकाका नगर उपप्रमुख लीला खनालले सहयोग गरेको तिमिल्सिनाले जनाए ।
वितरण कार्यक्रममा निजगढ नगरपालिका वड़ा नम्बर ६ का वड़ा सदस्य जानुका न्यौपाने ,उपाध्यक्ष सगुन लामा ,शान्ति लामा ,सचिव उसा थापा कोषाध्यक्ष दीपा पुलामी ,मोक्तान साह ,अनीता पांडेय , सरिता देवकोटा , रत्ना बर्तौला , धनि भंडारी , राधा कृष्ण थापा लक्ष्मी चौलागाई तथा सल्लाहकार सुभद्रा नेपाल सहभागी भएको संयोजक तिमिल्सिनाले जानकारी गराएका हुन ।
रौतहट जिल्लामा सक्रीय रहेका यो सस्थाले मङ्सिर ३ गतेका दिन देवाही गोनाही नगरपालिकामा छठ व्रत गर्ने ३० जना महिलालाइ साडी वितरण गर्ने कार्यक्रम तय गरिएको रौतहट जिल्ला संयोजक पूजा तिमिल्सिनाले बताएकी छीन ।
पूजा तिमिल्सिनाको नेतृत्व मेची महाकाली बुहारी संयुक्त अवाज सस्थाले महिला बालबालिका प्रति हुने विभिन्न खाले हत्या ,हिंसाको विरुद्ध जोड़दार रुपमा अवाज उठाउदै आएका छन । कार्तिक ११ गतेका दिन निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य अनिल कुमार झा ले सार्वजानिक रुपमा महिला प्रति गरेको अभद्र टिप्पणीको विरुद्ध गौरमा प्रदर्शन समेत गरेका थिए ।
बलात्कार गरी हत्या गरिएका संध्या साहको आरोपितलाइ कÞानूनी सजाय दिनु पर्ने मांग राख्दै समेत प्रदर्शन गरेको थियो । जिल्ला अध्यक्ष पूजा तिमिल्सिनाले बुहारी ,चेली ,छोरी प्रति हुने अन्यायको विरुद्ध संघर्ष गर्ने समेत दृढ़ता जनाएकी हुन ।