११ मङ्सिर
लामो समय देखि बन्द रहेको नेपाल भारत सीमा विहिवार देखि आंशिक रुपमा खुल्ला भएको छ । कोरोना भाइरस कोभीड़ १९ को संक्रमणको उच्च जोखिमलाइ मध्य नजर गर्दै नेपाल सरकारको निर्णयले गएको चैत्र ११ गते देखि बन्द गरिएको नेपाल भारत सीमा रौतहटमा आंशिक रुपमा सञ्चालनमा आएको हो ।
नेपालले सीमामा आवागमन सहज गरे पनि भारतबाट रोकिएको छ । भारतीय सीमा सुरक्षामा रहेका सशस्त्र बाडर सुरक्षा बलले कुनै आदेश न आएकोले अहिले सम्म नखोलिने प्रस्ट गर्दै आदेश आए मात्र नाका भएर आवागमन हुने जनाएको छ ।
विगत करीव ८ महीना देखि बन्द रहेको सीमा नाका खोल्नु पर्ने मांग राख्दै रौतहटका नागरिक समाजका नेतृत्वमा जारी रहेको धरनाको १५ औ दिन देखि आवागमन सुचारु भएको छ । सवारी साधन नेपाल देखि भारत र भारतबाट नेपाल भित्रिन नपाउने र पैदल ओहोर दोहोर गर्ने गरी आवागमन सुचारु गरिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनु भएको छ ।
शव बाहन , एम्बुलेंस , विबाहको गाडी बाहेक अरु कुनै पनि निजी सवारी साधन सिमा पारी आऊँन जान नपाउने प्रमुख जिल्ला अधिकारी यादव ले बताए । पैदल निर्वाद रुपमा आवत जावत गर्न पाउछ उहाले भने नेपाली जनताको समस्यालाइ हेर्दै सहजता अपनाइएको यादवले बताए ।
गएको २७ गते देखि सीमा नाका खुलाउनको लागि गौर भन्सार कार्यालयमा नागरिक समाजको अगुवाईमा जारी रहेको धरना कार्यक्रम आजै देखि स्थगित गरिएको छ ।
धरनामा सहभागी भएका गौर नगरपालिकाका नगर प्रमुख अजय कुमार गुप्ताले धरना कार्यक्रम स्थगित गरिए पनि पर्वत रुपमा बा‘र्डर सुचारु गराउन भने संघर्ष जारी नै रहने बताउनु भएको छ ।
नागरिकको दवाव पछि सरकारले पैदल आवागमन ,विबाहको सवारी साधन , एम्बुलेंस र शव बाहनको गाडी आउँन जाने गरी गरेको निर्णय सकारात्मक रहेको प्रतिक्रिया दिदै मेयर गुप्ताले भने पूर्ण रुपमा सवै सवारी साधन सुचारु हुने गरी सिमा नाका नखुले सम्म दवावका कार्यक्रम जारी रहने जनाए ।
जनता समाजवादी पार्टी नेपालका केंद्रीय सदस्य रेवन्त झाले आम नागरिकको समस्याको पूर्ण रुपमा हल नभएको जिकिर गर्दै पूर्ण रुपमा सीमा नाका खोल्नु पर्ने अड़ान कायमै रहेको जनाए ।
कोरोनाको बहाना बनाएर संघीय सरकारले मधेशी जनता माथि दमन गर्ने नियतले भारत नेपाल विच को सीमा नाका बन्द गरी राखेको आरोप लगाए ।
नेपाल नागरिक समाजका अध्यक्ष जग्गनाथ प्रसाद केसरीले सीमा नाका बन्दको कारण दुवै देशका जनताको भएको समस्याको समाधानको लागि दवाव दिने उदेश्यले लगातार रुपमा प्रदर्शन र धरना कार्यक्रम गरिएको बताए ।
आम नेपाली नागरिकलाइ सहज रुपमा प्रवेश पाउने गरी सीमा सुचारु गरिएको निर्णयलाइ स्वागत गर्दै पूर्ण रुपमा नाका नखोलिए सम्म आन्दोलनको कार्यक्रम जारी रहने प्रतिवद्धता जनाउँदै आज देखि धरना कार्यक्रम स्थगित गरिएको घोषणा समेत गरेका छन ।
मुख्य नाका भएर पैदल यात्रीलाइ आवागमन गर्न प्रतिवंध लगाइएकोमा सो लाइ अलिकति सहजता प्रदान गरिए पछि आवागमन गर्न सकिने भएको छ । कोरोनाको संक्रमणको जोखिम कायम नै रहेकोले नेपाल भारत सीमामा चेकजाचको व्यवस्थापन गरेर सीमा नाका पूर्ण रुपमा सुचारु गर्न सकिन्छ ।