रौतहट १६ अषाढ
रौतहट जिल्लाको सदरमुकाम गौरमा पानी निकासको स्तरीय निकास नहुदा मुख्य र सहायक बाटो वर्षातको पानीले जलमग्न हुने गरेका छन् । दर्जनौ सरसफाईकर्मी कार्यरत हुदा पनि नगरपालिकाको सरसफाईको अवस्था कमजोर रहेको हो ! गौर नगरपालिकाको क्षेत्र भित्रमा नाला निर्माण गरि पनी पनी निकासको समस्या जटिल रहेको छ ।
पानी पर्दा मुख्य सडकको कारागार कार्यालय देखि पुर्व रौतहट जिल्ला अदालतको नजिक सम्म बाटोमा १ फिट पानी जम्ने गरेकोले बाटो छिटै खराब हुने गरेको छ । जिल्ला प्रसाशन कार्यालय जाने बाटो , गौर नगरपालिका कार्यालय जाने बाटो , नगरपालिका कार्यलय भित्र पुर्व , गुदरी बाजार जाने बाटोको अवस्था दैनिय रहेको छ ।
पानि निकास नभएको कारण बाटोहरुमा पानि जम्ने गरेको छ । कालोपत्रे पिचमा पानि जम्मा भएपछी पिच खराब हुने गरेको हो । सवारी साधनको चाप बढी भएकोले बाटो भत्किने ,विच विचमा खाल्डो हुने गरेको छ ।
नगरपालिका कार्यालयमा जाने बाटोमा अहिले सम्म नला निर्माण हुन् सकेको छैन । पानी जम्मा भएको ठाउबाट सर्व साधारणहरुलाइ हिडेर जानु पर्ने बाध्यता भएको छ ।
स्थानीय निर्वाचन भएको ४ वर्ष भन्दा बढी वित्न लाग्दा पानी कार्यालय भएको ठाउको सडक र नाला निर्माण गर्न सकिएको छैन ।
वडा नम्बर १ को तैयब नरसिंह होम देखि ट्रान्सफरमर चौक सम्म जाने बाटो तथा शान्त सिनेमा घर हुदै बजार सम्म जाने बाटो वर्षौ देखि विभेदमा परेको गुनासो स्थानीय हरुको रहेको छ !
पटक पटक बजेट विनियोजन गर्दा पानी सो बाटो निर्माण हुन् सकेको छैन , नाला निर्माण नहुदा स्थानिय्हरुलाई पानी निकासको ठुलो समस्या भोग्नु परिरहेको छ ।
गौरमा शहरी विकास मन्त्रालयको सघन शहरी कार्यक्रम अन्तर्गत सडक निर्माण गरिएको भएपनि नगरपालिकाबाट ठोस योजनाको कार्यन्वयन नभएको स्थानियहरुको दावी रहेको छ ।
प्रत्येक वर्षको ९५ प्रतिशत रकम खर्च गर्दै आएको दावी नगरपालिकाले गरेपनि दावी अनुसारको विकास हेर्न पाउने अवस्था रहेको छैन । ठाउ ठाउमा फोहरको भण्डारण भएको देख्न सकिन्छ ।
शहरी क्षेत्र अवस्था सुधारोन्मुख नरहेको गौर नगरपालिकाको ग्रामिण भेगको अवस्था कस्तो होला भनि सहज रुपमा अनुमान गर्न सकिने नेकपा एमालेका नेता एवं गौर नगरपालिकाका नगर प्रत्यासी शम्भु साहको टिप्पणी रहेको छ ।