९ मङ्सिर
घर बाट सुरु गरौ ,महिला हिँसा अन्त्य गरौ भन्ने मूल नाराको साथ आज देखि लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान शुरु भएको छ ! अभियानको पहिलो दिने रौतहटको विभिन्न नगरपालिका , गाउपालिकाहरुमा बैनर सहित विभिन्न नारा लगाउदै महिला हिंसा तथा लैंगिक हिंसा अन्त्य गरौ भन्दै अभियानको शुरवात गरिएको छ !
गौर नगरपालिका , राजदेवी नगरपालिका , माधव नारायण नगरपालिकामा लैंगिक हिंसा विरुद्ध १६ दिने अभियानको हस्ताक्षर गरेर शुभारम्भ गरिएको हो ! राजदेवी नगरपालिकाका नगर उपप्रमुख अंशु कुमारी सिंहको अगुवाईमा ग्रामिण विकास केन्द्र नेपालको सहयोगमा महिला हिंसा बन्द गरौ , हातमा कपी कलम साथ भए जीवन आफ्नो हात हुने जस्ता नारा लेखिएको प्लेकार्ड सहित वडा नम्बर ६ को दलित बस्ति बाट शुरु गरिएको रैली वडा नम्बर ७ को परिक्रममा गर्दै नगरपालिका कार्यालयमा गएर कोण सभामा परिणत भएको थियो !
कोण सभामा आफ्नो मन्तव्य राख्दै उपमेयर सिंहले सोच परिवर्तन नभए सम्म महिला तथा बाल बालिका माथि हुने विभिन्न किसिमको हिंसाको अन्त्य नहुने बताएका छन् ! उहाले अशिक्षाको कारण यस्ता किसिमको विभेद समाजमा जाडो गरेकोले शिक्षा , जनचेतना मुलक कार्यक्रम बृहद रुपमा हुनु पर्ने जोड दिए !
गौर नगरपालिकाका नगर उपप्रमुख किरण कुमारी ठाकुरले समाजमा गरिवी र अशिक्षाको कारण घरेलु हिंसा , लैंगिक हिंसा कायम भएको जिकिर गर्दै यसलाई न्यूनीकरण गर्न महिला र पुरुष दुवै सचेत हुनु पर्ने एक मात्र विकल्प रहेको बताए !
गाउ घरमा अहिले पनि महिला हिंसा तथा लैंगिक हिंसा बढ्दो क्रममा रहेको र भएको घटना सामजिक रुपमा मिलापत्र गराउने प्रचलन भएको कारण बाहिर आउँन नसकेको तर्क गरे ! उनले राज्यले बढी जिम्मेवार हुनु पर्नेमा नभएको कारण पीडक कानुनी कार्यवाहीबाट जोगिने गरेको टिप्पणी गरे !
प्रदेश २ मा विगत पछिलो समय महिला तथा बाल बालिकाको बढी हत्या गरिएकोले महिला हिँसा न्यूनीकरण गर्न राज्य पक्ष बढी सक्रिय हुनु पर्ने मेची महाकाली बुहारी संयुक्त आवाज प्रदेश २ का संयोजक पुजा पाठक तिमिल्सिनाले जोड दिएका छन् !
विगतमा भएको बलात्कार , हत्या हिंसाले महिला तथा बाल बालिकाको सुरक्षा चुनौती पूर्ण रहेको जिकिर गर्दै सामाजिक आर्थिक , राजनीतिक रुपमा लैंगिक हिँसा हुने गरेको बताए ! शिक्षाको कमि र चेतनाको अभाव र सामाजिक परम्पराले पनि लैंगिक हिँसाको घटनामा वृद्धि भएको कथन उहाको रहेको छ !
पुरुष प्रधान तथा सामन्तवादी सोचले यस्तो बिकृति फैलिएको तर्क तिमल्सिना को रहेको छ ! लैंगिक हिँसा अन्त्य गर्ने गाउ गाउमा सचेतना फैलाउनुको साथै शिक्षामा बढी जोड दिनु पर्ने औल्याए ! महिला हिँसाको साथै पुरुष हिँसाको घटना भै रहेको बताउदै संयोजक तिमिल्सिनाले हिंसा मुक्त समाज निर्माण को लागि राज्य , राजनीतिक कर्मी , महिला अधिकारकर्मी , पेशाकर्मी ,बुद्धिजीवी , संचारकर्मीहरुले आ आफ्नो तर्फबाट सकारातमक पहल गर्नु पर्ने धारणा राखे !
चन्द्रपुर नगरपालिका वडा नम्बर ४ का उषा देवीले घरेलु हिंसा र लैंगिक हिंसा के हो भन्ने कुरा आफुलाई कुनै जानकारी नभएको बताएकी छिन ! उषा देवी एउटा उदाहरणको पात्र मात्र हुन् उहा जस्ता अनेकौ महिलाहरु यस बारेमा अनभिज्ञ रहेका छन् ! लैंगिक विभेद , घरेलु हिँसाका किसिम ,प्रकार ,यसबाट पर्ने प्रभाव र कानुनी उपचारको सम्वन्धमा ग्रामिण भेगका महिला तथा बाल बालिका , पुरुष हरुलाई जानकारी गराउनु पर्ने आवश्यकता रहेको छ !
रौतहट जिल्लामा घरेलु हिँसाका घटना गाउ घरमा मिलाउने प्रवृति बढी रहेकोले प्रहरीमा उजुरी आउने संख्या काम रहेको छ ! जाने बुझेका मात्रले उजुरी दिने गरेको भए पनि न्याय नपाउने भनि अधिकांश महिलाहरु घरमै बसेर पिडा सहने गरेको छ ! प्रहरी कहा जादा पनि समयमा उजुरी नलिने ,लिए पनि राजनीतिक दवावका कारण कार्यवाही नगर्ने भएकोले महिलाहरु घरेलु हिंसाका शिकार भएर बस्ने गरेको बुझिएको छ !
महिला तथा बाल बालिका सेवा केन्द्र गरुडा रौतहटका प्रमुख प्रहरी सहायक निरीक्षक फुलमाया गुरौका अनुसार कार्तिक महिना सम्म घरेलु हिंसाका २६० उजुरी परेकोमा ६० वटा मिलापत्र भएको , ३ वटा अन्य निकायमा पठाई २०३ वटा उजुरी कार्यवाहीको प्रक्रियामा रहेको छ !
लैंगिक हिंसा विरुद्ध परेको १३८ उजुरी मध्ये ३० फर्छौट भै १०५ वटा कार्यवाही युक्त अवस्थामा रहेको छ भने जेष्ठ नागरिकको अपहेलना विरुद्ध १४ वटा निबेदन अहिले सम्म दर्ता भएको प्रहरी सहायक निरीक्षक गुरौले जानकारी दिएका छन् !