७ मङ्सिर
शान्तिका लागि साझा अभियानको सहयोग र साथसाथ सिकाई संजालको आयोजनामा रौतह जिल्लामा बाल विबाहको अवस्था र हाम्रो दायित्व विषयमा अन्तरक्रिया कार्यक्रम रौतहटको चन्द्रनिगाहपुरमा मंगलवार सम्पन्न भएको छ ।
रौतहट जिल्लामा पछिलो सम्मे देखि बढ्दै गएको बाल विबाह न्यूनीकरण गर्ने विषयमा सरोकारवाला विच छलफल गरि कार्य योजना बनाउने उदेश्यले कार्यक्रमको आयोजना गरिएको थियो ।
कार्यक्रममा चन्द्रपुर नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत सुरेन्द्र प्रधानले रौतहटमा ३७ प्रतिशत बालविवाहको तथ्यांक रहेको बताउदै यसको नियन्त्रण गर्न आवश्यक रहेको जोड दिए ।
सचेतना तथा शिक्षाको कमिले समाजमा बाल विबाहको घटना बढ्दै गएकोले चेतनामुलक कार्यक्रम संचालन गरेर नियन्त्रण गर्नु पर्ने सुझाव दिए । विहे होइन पढ्न पाउ भन्ने नाराका साथ विद्यालयमा अध्यन गर्ने बाल वालिका , शिक्षक ,शिक्षिका ,अभिभावकहरु विच अन्तरक्रिया गरि बाल विबाह गर्नु कानुनी अपराध रहेको विषयमा जानकारी गराउनु पर्ने धारणा व्यक्त गरे ।
शान्तिका लागि साझा अभियानका प्रदेश सचिव देवकी नेपाल बाल विबाह गर्नु सामाजिक अपराध रहेकोले बाल विबाह नगर्न सवै सित आग्रह गरे । सानो उमेरमा विबाह गर्दा मानसिक र शारीरिक रुपमा असर पर्नुको साथै कानुनी कार्यवाही हुने भएकोले छोरा छोरीको २० वर्ष पछि विबाह गर्नु पर्ने सुझाव दिए ।
शारीरिक विकास पूर्ण रुपमा नभएको कारण कम उमेरमा विबाह गर्दा बाल मृत्यु दर बढ्ने , महिलाको मृत्यु हुने खतरा समेत रहेको प्रस्ट पारे । उहाले बाल विबाह गर्नेको विरुद्ध प्रहरीलाइ उजुरी समेत गर्न आग्रह गरिन ।
इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी निरीक्षक अरविन्द कुमार साहले बाल विबाह कानुनी अपराध अन्तर्गत पर्ने भएकोले यस्तो कार्य गर्ने गराउने समेतलाइ दण्ड सजाय जरिवाना हुने बताए ।
इलाका प्रहरी कार्यालयमा अहिले सम्म एउटा पनि बाल विबाह सम्वन्धि मुद्दा दर्ता नभएको जानकारी दिदै यस्ता घटना समाजमा नै दवाउने गरेको बताए । जनचेतनाको कमिको कारण बाल विबाहको घटना बढ्दै गएको निष्कर्ष उहाको रहेको छ । बाल विबाह गर्दा ३ बर्ष कैद र ३० हजार जरिवाना हुने कानुनी प्रावधान रहेको जानकारी समेत गराए ।
कमला ढकालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सहभागी भएका महिला अधिकारकर्मी ,संचारकर्मीहरुले बाल विबाहबाट उत्पन्न हुने समस्या , पर्ने असर र नियन्त्रण गर्न गर्नु पर्ने क्रियाकलाप बारे आ आफ्नो सुझाव दिएका थिए ।