चञ्चल झा
रौतहट । कार्तिक । तराई मधेसमा आज भाईबहिनीको प्रेम प्रतिकको पर्व भरदुतिया मनाईउको छ । यो पर्वमा बहिनीहरुले भाइलाई निमन्त्रणा दिएर आफ्नो घर बोलाउने गर्छन् ।
दिदीबहिनीले दाजुभाइलाई चामलको पिठोले अरिपन बनाएर काठको पिडहीमा बसाउँछन् । त्यसपछि दाजुभाइको हातमा पान सुपारी राखेर स्थानिय भाषामा “गङ्गा नेओतै छै यमुनाके, हम नेओतए छी भाईकेँ१ जहिना जहिना गङ्गा९यमुनाकेँ धार बहए, तहिना हमर भाए सबके औरदा बढ़ये” मन्त्र उच्चारण गरिन्छ । मन्त्रमार्फत दिदीबहिनीले दाज्भाईको दीर्घायुको कामना गर्छन् ।
पूजा सकिएपछि दाजुभाइलाई मिठाईलगायत परिकार खुवाउने चलन छ । तिहारको भाइटिका र यो पर्वको मान्यता एउटै भए पनि ठाउँ अनुसार मनाउने विधि भने फरक फरक पाइन्छ । तराई मधेसमा मनाउने आज भ्रातृ द्वितिया मनाउने चलन रहे पनि यसको लोक प्रियता घट्दै गएको जानकारहरु बताउछन् ।
नयाँ पुस्ताले बढ्दै गएको आधुनिकताको कारण परापुर्वकाल देखि चल्दै आएको संस्कृतिलाई विर्सिदै गएकाले भरदुतिया मनाउने चलनमा कमी आएको छ । भरदुतियाको संरक्षण गर्नको लागि नयाँ पुस्ताहरुलाई यसको महत्वको वारेमा जानकारी दिनु पर्ने पुर्व शिक्षक विजय किशोर झा बताउछन् ।
एका तर्फ तराईमा भरदुतिया मनाईन्छ भने अर्को तर्फ यमपञ्चक अर्थात् तिहारको पाँचौंँ एवम् अन्तिम दिन आज ९मंगलबार ० भाइटीका मनाइँएको छ।दिदीबहिनीले दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परानुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाई मनाइँदैछ।