रौतहट । माघ २६ । रौतहट उद्योग वाणिज्य संघले बुधबार गौर बजार बन्द गराएको छ । प्रहरीले विभिन्न बहानामा व्यापारीहररुलाई ज्यादती गरेकोे भन्दै आज देखि शनिवार सम्मको लागि गौर बजार बन्द गराइएको छ ।
रौतहट उद्योग वाणिज्य संघको नेतृत्वमा आज बुधबार गौरको कबिर चौक देखि भंसार सम्म मोटरसाइल रैली निकालेर गौरमा संचालनमा रहेको पसलहरु बन्द गराइएको छ ।
बिगत केही दिन देखि रौतहट जिल्ला स्थित स्थानीय प्रशासन लगायत विभिन्न निकायबाट बजार अनुगमनको नाँममा उधोगी,व्यवसायीहरुलाई त्रसीत गर्ने कार्य भएको तथा हाल नेपाल सरकारले ल्याएको आर्थिक नितिले गरेको अव्यवहारी ब्याज बृद्धिबाट पिडीत व्यवसायीहरुको व्यवसायीक वातावरणमा समेत अवरोध भएको प्रति आपती जनाउदै बजार बन्द गरिएको हो ।
जिल्लाका भन्सार कार्यालयबाट खाधान्न सामग्रीहरु आयातगरी ल्याउने व्यवस्था समेत नभएकोमा यहाँका व्यवसायीहरु निकै पिडित रहेको भन्दै स्थानीय प्रशासनको व्यवसायीक वातावरणमा अवरोध गर्ने गतिविधी तथा सरकारको अति आवश्यक सेवाहरु बाहेकका बजार बन्द गर्ने निर्णय भएको रौतहट उद्योग बाणिज्य संघ गौरका अध्यक्ष पण्डित प्रपाद जयसवालले बताउनु भयो ।
व्यापारीहरुको विभिन्न किसिमका समस्या,प्रहरीको ज्यादती , बैंकको चर्काे व्याजलाइ मध्ये नजर राख्दै आज देखि गौर बजार बन्द गराइएको रौतहट उद्योग वाणिज्य संघका महासचिब रबिन्द्रनाथ गोपालीले जानकारी दिनु भयो ।
केहि दिन देखि गौरमा विभिन्न व्यवसाय संचालन गरेका व्यापारीको पसलमा प्रहरीले छापा मारेको घटनालाइ दोह¥याउदै व्यापारीहरुको हक हितका लागि आन्दोलनमा उत्रिन बाध्य भएको महासचिव गोपालीले बताए ।
केहि दिन अगाडी गौरमा संचालनमा रहेको गोपाल अग्रवालको सेलर मिलको गोदाममा छापा मारेर १४ सय ४० किलो गेहु र २ जना व्यक्तीलाइ नियन्त्रण लिइ कार्यवाहीको लागि गौर भंसारमा बुझाएको तथा नन्दलाल चामल चिउरा पसलहरुमा प्रहरीले छापा मारेर २५ किलोको २७० बोरा चामल नियन्त्रणमा लिइ राजश्व अनुसंधान कार्यालय पथलैया,बारामा आवश्यक कार्यबाहीके लागि पठाएको थियो । भारतबाट चोरी पेठारी गरि ल्याएर गोदाममा जम्मा गरेर राखेको र उक्त चामलको विलविजक न रहेको प्रहरीको ठहर छ ।