२ असोज
विश्वभरि महामारीको रूप लिएर फैलिएको कोभीड़ १९ को संक्रमणबाट बाच्नको लागि परिक्षणको दायरा बढाउनु पर्ने उठाएको जोड़दार मांग पछि प्रदेश सरकारको सक्रियता र स्थानीय सरकारको पहलमा रौतहट जिल्ला अस्पताल गौरमा स्थापना गरिएको पीसीआर लैब शुक्रवार देखि विधिवत रुपमा सञ्चालनमा आएको छ ।
प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको अध्यक्षतामा बसेको स्थानीय तहका प्रमुखहरु बैठकबाट रौतहट जिल्लामा पीसीआर मशीन र सुविधा संपन्न आइसोलेशन वार्ड निर्माण गर्नु पर्ने भएको निर्णयको १ महीना पछि स्वाव परिक्षण गर्नको जड़ान भएको पीसीआर लैब प्रदेश २ सरकारका सामाजिक विकास मन्त्री नवल किशोर साहले समुदघाटन गरेपछि सञ्चालनमा आएको हो ।
पछिलो समयमा रौतहटमा बढ्दै गएको कोरोना भाइरसको संक्रमणको प्रकोपबाट आक्रांत बनेका स्थानियहरुले पीसीआर मशीन जिल्लामा हुनु पर्ने जोड़दार रुपमामा आवाज उठाऊंन थाले पछि नया प्रमुख जिल्ला अधिकारीको रुपमा आएका यादवले पहिलो बैठक मै पीसीआर मशीन र सुविधा संपन्न आइसोलेशन वार्ड हुनु पर्ने र यसको लाइ स्थानीय तहका प्रमुखले ५ लाखको दरले आर्थिक सहयोग र जिल्लाबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधिहरुले १० लाखका दरले नगद सहयोग दिनु पर्ने निर्णय गारी कार्यान्वयन गराएकोले रौतहटको जनताले आफ्नै जिल्लामा सवव परिक्षण गराउने अवस्थामा पुगेको छ ।
जिल्ला अस्पताल गौरले आयोजना गरेको पीसीआर लैब समुदघाटन समारोहको सम्वोधन गर्दै सामाजिक विकास मन्त्री साहले कोभीड़ १९ जस्तो महामारीको रोकथाम नियंत्रणको कार्यमा प्रदेश सरकार अन्य प्रदेशको तुलनामा उदाहरणीय कार्य गरेको बताउनु भएको छ ।
केंद्र सरकारको विभेदका बाबजूद प्रदेश २ सरकारले जनताको स्वास्थ्यको रक्षाको लागि सक्रीय रुपमा प्रस्तुत भएको उहाको कथन रहेको छ ।
मुलुकमा संघीयता आएपनि मधेश सितको विभेद ,हेप्ने प्रवृतिको अन्त्य नभएको जिकिर गर्दै मन्त्री साहले आफ्नो अधिकार र स्वतन्त्रता को लागि संघर्ष जारी रहेको उल्लेख गरे ।
पूर्ण रुपमा स्वतंत्र प्रदेश हुन अझ लामो संघर्ष गर्नु पर्ने जरुरी रहेको भन्दै मन्त्री साहले संघीय सरकारले विभेद गर्दै आई रहेको आरोप लगाए । प्रदेश सरकारको मातहतमा जिल्ला अस्पताल आएपछि रौतहटमा अहिले सम्मको सवै भन्दा उच्च सहयोग प्रदेश सरकारले गरेको दावी गरे ।
मन्त्री साहले गौर अस्पताल लाइव संचालन ,भेंटीलेटर सञ्चालनको लागि ५० लाख , सरसफाईको लागि ५० लाख लगायत विभिन्न शीर्षक मा ९ करोड़ रकम उपलब्ध गराएको प्रस्ट पार्दै रकमले खाली काम नहुने जिकिर गरे काम गर्नको लागि जोश ,जनून आवश्यकता रहेको बताए ।
प्रदेश सरकारले जिल्लाका सवै अस्पतालको अवस्था सुधार गर्न तत्पर रहेको र भए जति सहयोग गर्ने प्रतिवद्धता समेत जनाए । रकम आए पछि व्यवस्थापन गर्न ठूलो चुनौती हुने देखिने भएकोले सामना गर्नु पर्ने हौसलाले मात्र कार्य संभव हुने जनाए । उनले दक्ष चिकित्सकको लागि स्तरीय शिक्षाको व्यवस्था हुनु जरुरी रहेको जिकिर गर्दै शिक्षामा विकाश गर्नु पर्ने जोड़ दिए ।
समारोहमा कृषि भूमि व्यवस्था तथा सहकारी राज्य मन्त्री योगेन्द्र यादवले प्रदेश सरकारको सक्रियतामा रौतहटमा पीसीआर मशीन सञ्चालनमा आएको बताए । गौर अस्पतालको ५० सैयामा परिवर्तन गरिसकेकोले विशेष प्याकेज उपलब्ध गराउनु पर्ने मन्त्री साहलाइ आग्रह गर्दै दक्ष चिकित्सकको व्यवस्था गर्न जोड़ दिए । राज्य मन्त्री यादवले कार्य गर्ने डाक्टरको लागि आवासको व्यवस्था गर्न वजेट विनियोजन गर्न समेत आग्रह गरे ।
गौर नगरपालिकाको नगर प्रमुख अजय कुमार गुप्ताले जनताको चाहना आकांछा अनुसार मशीन जड़ान भएको बताउँदै प्रदेश सरकारलाइ धन्यबाद समेत ज्ञापन गरे । मशीन सञ्चालनको लागि लाग्ने स्रोत साधन र आर्थिक व्यवस्था गर्न सम्पूर्ण स्थानीय तह त्यार रहेको प्रतिवद्धता जनाए ।
प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले पीसीआर लैबको लागि चाहिने अर्थ , जनशक्ति , सामग्री व्यवस्थापन चुनौती रहेकोले यस तर्फ प्रदेश सरकारले ध्यान दिनुपर्ने बताए ।
कार्यक्रमको समापन गर्दै जिल्ला अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष शेख जमशैदले जिल्ला अस्पताल संचालनको लागि दरवन्दि अनुसारको दक्ष विशेषज्ञ चिकित्सक नहुँदा समस्या उत्पन्न भएको बताए ।
स्तरीय स्वास्थ्य सेवा प्रबाह गर्न दक्ष चिकित्सक को आवश्यकता भएकोले व्यवस्था गर्न सामाजिक मन्त्री साहलाइ आग्रह समेत गरेका छन ।