रौतहट, ७ असार । “समृद्ध दुर्गाभगती गाउँपालिका, हामी सबैकाे चाहना” मुल नाराका साथ दुर्गाभगवती गाउँपालिकाले आर्थिक बर्ष २०८१–०८२ को करिब ३८ करोडको बजेट ल्याएका छन् ।
दुर्गाभगवती गाउँपालिका वडा नम्बर १ मा अवस्थित सामुदायिक भवनमा आयाेजित दुर्गाभगवती गाउँपालिकाको ९औं गाउँसभामा सभाअध्यक्ष शम्भु कुमार सिंहले अगामी आर्थिक बर्ष २०८१–०८२ को लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिकाकाे विकास योजना र त्यसकाे अनुमानित बजेट ३७ कराेड ६५ लाख ५६ हजार आयव्यय प्रस्तुत गर्नु भएको थियाे ।
राैतहट निर्वाचन क्षेत्र नं. १(क) का प्रदेस सभा सदस्य नागेन्द्र साहकाे प्रमुख आतिथ्यतामा सम्पन्न गाउँ अधिवेशनकाे अध्यक्षता पालिका अध्यक्ष शम्भु सिंहले गर्नु भएको थियाे भने कार्यक्रम संचालन वडा नम्बर ३ का वडा अध्यक्ष धर्मेन्द्र कुमार झाले गर्नुभएको थियाे तथा स्वागत मन्तव्य प्रमुख प्रमुख प्रशासकीय अधिकृत परमानन्द पाठकले राख्नु भएको थियाे ।
आर्थिक वर्ष २०८१–०८२ को संशोधित बजेट, कार्यक्रम तथा योजनाहरुको बिबरण प्रस्तुत गर्दै गाँउसभाले अगामी आर्थिक बर्षमा शिक्षा, स्वास्थ्य, कृषि, सडक, उद्योग रोजगारी, लघु उद्यम, महिला तथा बालबालिका, अपाङ्ग, दलित, पिछडिएका वर्ग लगायतका सर्वांगिक तथा पूर्वाधारहरुको विकासलाई प्रमुख प्राथमिकता दिएर अघि बढाउनमा अध्यक्ष सिंहले जाेड दिए । अधिवेशन कार्यक्रमकाे खुल्ला सत्रमा पालिकावासी,बुद्धिजीवी,पत्रकार ,सुरक्षाकर्मी,कर्मचारी सहितकाे सहभागीता रहेकाे थियाे ।