रौतहट जिल्लाको सदरमुकाम गौर स्थित राइस मिलको मैदानमा हुने ५१ कुण्डीय श्री श्री अनन्त श्री विष्णु महायज्ञको तयारी अंतिम चरणमा पुगेको छ । फाल्गुन ४ गते देखि शुरू हुने महायज्ञको तयारी अंतिम अवस्थामा पुगेको हो ।
विश्वको कल्याणार्थ आयोजना गरिएको महायज्ञको पंडाल निर्माण , प्रवचनको लागि पंडाल , हवन कुण्ड , सजावट को कार्य अंतिम चरणमा रहेको विष्णु महायज्ञ समितिका संयोजक पवन कुमार साहले जानकारी दिएका छन ।
महायज्ञको लागि फाल्गुन ४ गते १ हजार १ कुमारी कन्या सहभागी गराएर भव्य कलश शोभा यात्रा निकालिने तयारी भईरहेको साह ले जानकारी गराएका छन ।
महायज्ञमा ५१ वटा कुण्डमा हवन हुने , रातिको समयमा धार्मिक प्रवचन हुने छन । नेपाल र भारतका प्रसिद्द धार्मिक स्थलबाट धार्मिक गुरु , प्रवचन कथा बाचक , रास लीला को टीम हुने आयोजक समितिले जनाएको छ ।
रौतहट , बारा , सर्लाही तथा भारतको विहार राज्यको बैरगनिया , अशोगी ,ढेंग , रीगा , बड़हरवा , चैनपुर , मोतिहारी , ढाका ,लगायतका ठाउबाट महायज्ञ हेर्न भक्तजन आउने विश्वास लिइएको छ ।
महायज्ञमा १०१ देवी देउताको प्रतिमा बनाइएको छ भने मनोरंजनको लागि विभिन्न किसिमका खेलतामासा , जादूगर , झूला , मौतका कुवाको व्यवस्थापन गरिएको छ ।
४ गते निकालिने कलश शोभा यात्रामा एकै रंगका परिहरण , कलशका साथ कुमारी कन्या सहभागी हुने छन भने शोभा बढाउनको लागि हाथी ,घोड़ा ,रंथ , बाजगजा तथा गाडीको संख्या बढ़ी हुने आयोजकले जनाएको छ ।