६ कार्तिक
जनता समाजवादी पार्टी नेपालका केन्द्रिय अध्यक्ष उपेन्द्र यादवले मुलुकमा प्रत्यक्ष निर्वाचित कार्यकारिणी निर्वाचित राष्ट्रपति प्रणाली हुनु पर्ने बताउनु भएको छ ।
रौतहट जिल्लाको यमुनामाइ गाउपालिका वडा नम्बर १ जेठरहियामा जनता समाजवादी पार्टी नेपाल जिल्ला समनव्य समितिले आयोजना गरेको बृहद पार्टी प्रवेश तथा शुभकामना आदान प्रदान कार्यक्रम मा सम्वोधन गर्दै अध्यक्ष यादवले मुलुकमा विकास र समृधिको लागि प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली आवश्यक रहेको जोड दिए ।
कार्यक्रममा सम्वोधन गर्दै अध्यक्ष यादवले संघियता लोकतन्त्रको विरोधी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली एण्ड कम्पनि नभएको आरोप लगाए । मधेश आन्दोलनको जगमा आएको संघियता लोकतान्त्रिक गणतन्त्रलाइ समाप्त पर्ने योजना पुर्व प्रधानमन्त्री ओलीले गरेकोले आन्दोलनको उपलव्धि रक्षा गर्न समाजवादी पार्टी संघर्षमा रहेको जनाए ।
ग्रामिण भेगमा पशु मेला लाग्ने गरेको उल्लेख गर्दै अध्यक्ष यादवले सांसद खरिद विक्री गर्ने मेला काठमाडौँमा लाग्ने गरेको कटाक्ष समेत गरे । मुलुकमा समृद्धि ल्याउनको लागि निर्वाचन प्रणालीमा परिवर्तन लायों जरुरि रहेको बताए । निर्वाचन प्रणाली भद्रगोल भएकोले आम नेपाली नागरिक चुनाव लडन सकिने अवस्थामा नरहेको जिकिर समेत गरे ।
मुलुकमा विकास र समृधि ल्याउनको लागि आर्थिक क्रान्ति आवश्यकता रहेको औल्याए । कृषि आधुनिकरण , भुमि औधोगीकरण गरे समृधि आउने विश्वास व्यक्त गरे ।
जनता समाजवादी पार्टी नेपाल बाट अलग भएका लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता प्रति लक्षित गर्दै अध्यक्ष यादवले भने परिवर्तन विरोधीले एतिहासिक मधेश आन्दोलनबाट प्राप्त भएको उपलव्धिलाइ समाप्त पर्ने प्रतिगमनको साथ दिएको टिप्पणी गरे ।
उहाले थपे सांसद विघटन गर्ने पुर्व प्रधानमन्त्री ओलीको विरुद्ध जनता समाजवादी पार्टीले मुलुकको नेतृत्व लिने तयार भएको अवस्थामा केहि संघियता विरोधीले धोखा गर्यो ।
महन्थ ठाकुर माथि लक्षित गर्दै अध्यक्ष उपेन्द्र यादवले भने जसपाले प्रधानमन्त्री बनाउने खोजेको व्यक्ति ओलीको पिए निस्केको । निर्वाचन प्रणालीमा सुधार नगरे सम्म मुलुकमा गरिव किसानको छोरो निर्वाचन लडन नसकिने भएकोले मत र सांसद खरिद विक्री गर्ने प्रक्रियाले अराजकता फैलिएको प्रति चिन्ता व्यक्त गरे ।
संघीय सरकारका संघीय मामिला तथा स्थानीय विकास मन्त्रि राजेन्द्र श्रेष्ठले नेकपा एमाले लाइ समाप्त नगरे सम्म मुलुकमा शान्ति स्थापना हुन् नसकिने बताए ।
सांसदलाइ घेराबन्दी गर्ने नेकपा एमालेको कार्यले देशमा संकट उत्पन्न हुन् सक्ने अवस्था रहेकोले मुलुकको निकासको लागि प्रतिनिधि सभाको निर्वाचन एक मात्र विकल्प रहेको उहाको कथन रहेको छ ।
मन्त्रि श्रेष्ठले राजनीतिक रुपमा संघियता विरोधी कार्य गर्ने नेकपा एमालेलाइ नेपालबाट समाप्त गर्नु पर्ने जरुरि भएकोले आगामी निर्वाचनमा जनता समाजवादी पार्टी नेपाललाइ बहुमतले निर्वाचित गर्नु पर्ने आग्रह गरे ।
प्रदेश २ सरकारका मुख्यमन्त्री महमद लालबाबु राउत गद्दीले प्रदेश सरकारलाइ बदनाम गराउने सड्यन्त्रमा नेकपा एमाले र नेपाली कांग्रेस लागि परेको आरोप लगाए ।
प्रदेश सरकारले महिला ,दलित , मुस्लिम ,मधेशी, अपांगको हकहितमा काम गर्दै आएको देखेर खस्बदी शशक वर्गलाइ अपज भएको टिप्पणी गर्दै बेमौषमी वर्षाको कारण प्रदेश २ मा भएको किसान हरुको क्षति प्रति प्रदेश सरकार गम्भीर भएको बताए ।
किसानको पिडालाइ प्रदेश सरकारले गम्भीरता पुर्वक लिएको भन्दै मुख्यमन्त्री राउतले पिडित किसान को घाउमा मल्हम लगाउने प्रदेश सरकार तयार रहेको विश्वास व्यक्त गरे ।