रौतहट । साउन २ । रौतहटको दुर्गाभगवती गाउँपालिका वडा नम्बर ३ मत्सरीका पुर्ण छावृतिमा एम.बि.बि.एस अध्यनरत रिकेश कुमार झालाई “डा. डिम्पल झा स्मृति पुरस्कार” प्रदान गरिएको छ ।
रौतहटको दुर्गाभगवती गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष धर्मेन्द्र कुमार झाले पुर्व घोषित कार्यक्रम अनुसार एक कार्यक्रम विच “डा. डिम्पल झा स्मृति पुरस्कार” प्रदान गर्नु भएको छ ।
वडा अध्यक्ष डि.के झाले एम.बि.बि.एस अध्यनको लागि पुर्ण छात्रवृतीमा नाम निकाल्ने दुर्गाभगवती गाउँपालिका वडा नं. ३ मत्सरीका छात्र छात्रालाई “डा. डिम्पल झा स्मृति पुरस्कार” अन्तर्गत पुरस्कार प्रदान गर्ने घोषणा गरेका थिए ।
पुर्व घोषणा अनुसार वडा कार्यालयमा एक कार्यक्रमको आयोजना गरि एम.बि.बि.एसमा पुर्ण छात्रवृतिमा अध्यनरत रहेका रिकेश कुमार झाको वुवा मंगल झालाई पुरस्कारको राशि नगद ५१ हजार सहित सम्मानित गर्नु भएको छ ।
वडाअध्यक्ष छात्रवृती पुरस्कार अन्तर्गत विद्यार्थीलाई प्रोत्साहन गर्ने उद्देश्यले “डा. डिम्पल झा स्मृति पुरस्कार” घोषणा अनुसार पुरस्कार रकम प्रदान गरिएको दुर्गाभगवती गाउँपालिका वडा नम्बर ३ मत्सरीका वडा अध्यक्ष झाले हिमालय टाइम्सलाई जानकारी गराउनु भयो ।
यो पुरस्कारले अगामी दिनमा उच्च शिक्षा अध्यनको लागि विद्यार्थीहरुको मनोवल बढाउने र उत्कृष्ट अंकका साथ छात्रवृतिमा एम.बि.बि.एस. अध्यनको लागि थप मेहनत गर्ने वडाअध्यक्ष डिके झाको विश्वास रहेको छ ।
विद्यार्थीहरूलाई प्रेरणा दिने उद्धेश्यले घोषणा गरिएको छात्रवृति पुरस्कार विद्यार्थीलाई प्रोत्साहन गर्न मद्धत गर्ने जनधारणा रहेको छ ।
विद्यार्थीहरुलाइ उच्च शिक्षा अध्यन गर्न प्रेरित गर्ने वडाअध्यक्षको यस कार्यको स्थानियहरुले सराहना गरेका छन् ।
पुरस्कार वितरण कार्यक्रममा वडा नं. ४ का वडा अध्यक्ष रमानन्द यादब,वडा नं. ३ का वडा सदस्य धिरेन्द्र चौधरी राजनितिक दलका प्रतिनिधी, वुद्धजिवी,समाजसेवी लगायतको उपस्थिती रहेको थियो ।
यो भन्दा अगाडी पनि दुर्गाभगवती गाउँपालिका वडा नम्बर ३ मत्सरीका वडा अध्यक्षले वडाअध्यक्ष छात्रवृति पुरस्कार अन्तर्गत एसइइमा उत्कृष्ट अंक ल्याउने एक जना छात्रालाई उच्च शिक्षा अध्ययनको लागि छात्रवृत्ति पुरस्कार प्रदान गरिदै आउनु भएको छ ।