रौतहट ११ बैशाख । रौतहट जिल्लाको इशनाथ नगरपालिका अन्तर्गत विभिन्न वडा बाट काठमाडौ बसोबास गर्ने नगरवासीहरु हाल कोरोना भाइरसका कारण जारी लकडाउन मा कष्टपुर्ण जिविन बिताइ रहेको पिडालाइ उच्च सम्मान गर्दै इशनाथ नगरपालिकाका नगरप्रमुख सन्तोष मेहताले २ वटा बस ब्यवस्थापन गरि काठमाडौको लागि रवाना गरेका छन । सो २ वटा बसमा एक पटक मा ७५ जना सवारी अटाउने ब्यवस्था रहेको छ । हाल सम्म काठमाडौमा रहेको करिब २ सय २५ जना सम्पर्कमा आएकोले सम्पर्क मा आउने सबैको उद्दार गरिने नगर प्रमुख सन्तोष मेहताले जानकारी दिएका छन । साथै सो बसमा यात्रा गर्ने सबै स्थानीयको लागि आवश्यक मास्क, सेनिटाइजर, खाजा, पानी लगायतको समाग्रीहरु समेत पठाइएको र बसका चालकदल का सदस्य हरु लाई पिपिइ सहित सुरक्षाको सक्ने जति मापदण्ड पूरा गरिएको समेत नगरप्रमुख मेहताले जानकारी दिए । काठमाडौ बाट फर्केकाहरुको स्वास्थ जाँच गरि समस्या भएकालाई आवश्यक कदम चालिने र समान्य स्थिती भएका लाई होम क्वारेन्टाइनमा बस्ने बन्दोबस्त गरिएको मेहताले बताएका छन । इशनाथ नगरपालिकाका मेयरले चालेको यस कदम लाई सो नपा का नेकपाका नगर अध्यक्ष मोहन मेहताले स्वागत र सराहना योग्य रहेको बताएका छन । आफ्नो नगरप्रमुख बाट यश किसिमको पहल र चासो देखाइएको प्रती स्थानीयहरु धन्यवाद व्यक्त गरेका छन ।