रौतहट ।। रौतहट यमुनामाई गाउँपालिकाले कोरोनाबाट बच्न जारी लकडाउनमा खाने समस्या भएकाहरुलाई राहत समाग्री खाद्ययान वितरण गरिहेको अवस्थमा राहत पाई स्थानीयहरु खुशी भएका छन् ।
जनताको विकासमा सधै अगाडी रहने यमुनामाई गाउँपालिका वार्ड नं. ४का वडा अध्यक्ष अश्वीनि यादव उर्फ चेतनले आज विहिवार आफनो वार्डका अति विपन्न, दैनिक ज्यालादारीमा काम गरेर खाने करिव ५ सय घर परिवारलाई खाद्ययान समाग्री वितरण गरेको छ ।
वाडको नागरिकको विकासमा कहिलै पछाडी नहटने वडा अध्यक्ष चेतनले करिव ५ सय परिवारलाई चामल १५ किलो, आलु ३ किलो, दाल २, खाने तेल १ लिटर, नुन १ किलो सहितका खाद्ययान समाग्री वितरण गरिएको हो ।
राहत समाग्री पाए पछि, स्थानी रामकली देवीले, हामीले पाएको राहत समाग्री राम्रो भएको र समान रुपमा पाएकोमा खुशी छौ भन्ने प्रतिक्रिया दिईन ।
विपक्षीलाई जहिले पनि आफुले गर्ने राम्रा कामलाई नराम्रो भन्ने वानीको संस्कार पाली सकेको हुनाले हामीले वितरण गरेको राहत समाग्री गुणस्तरीय र परर्दशी तरिकारले वितरण गरिएको वडा अध्यक्ष चेतनले संचारकर्मीहरु संगको कुराकानीमा बताए ।
अध्यक्ष चेतनले, वार्डमा छुटेका करिव ४ सय परिवारलाई छिटै समेत राहत समाग्री वितरण गर्ने बताए ।