रौतहट जिल्लाको राजपुर फरहदवामा भएको बम विस्फोटको घटनामा घाइते भएकोहरुलाई जिउदै जलाएको अभियोगमा पक्राउ परेका नेपाली कांग्रेसका निलम्वित सांसद तथा पूर्व मंत्री मोहमद आफताव आलमको व्यान दोस्रो दिन पनि सकिएको छैन ।
अनुसन्धान सकिए पछि अभियोग पत्र साथ सोमबार जिल्ला सरकारी वकील कार्यालयले रौतहट जिल्ला अदालतमा पेश गरेको अभियुक्त आलमको दोस्रो दिन सम्म ८५ प्रतिशत व्यान सकिएको हो ।
कर्तव्य ज्यान , ज्यान मार्ने उद्योग र विष्फोटक पदार्थ भण्डारण गरी तीन कसूर लगाइएको आलमको कर्तव्य ज्यान मुद्दाको व्यान सकिएको र ज्यान मार्ने उद्योग तथा विष्फोटक पदार्थको भण्डारण सम्वन्धी कसूरको विषयमा व्यान लिने कार्य बाकि रहेको पीडि़त पक्षका कानून व्यवसायी पुष्पराज पौडेलले बताएका छन ।
जिल्ला अदालत परिसरमा पत्रकारहरु सित कुरा गर्दै अधिवक्ता पौडेलले विहिवार दिउँसो १ बजे देखि थुनछेक बहस प्रारम्भ हुन सक्ने अनुमान गरेका छन । २ कसूरको व्यान लिने कार्य बाकि रहेकोले विहिवार देखि थुन्छेक बहस हुन सक्ने सम्भावना रहेको उहाले बताए ।
पहिलो दिन ९ तथा दोस्रो दिन २५ गरी ३४ वटा प्रश्न सोधिएको बताउँदै पौडेलले घटना नभएको सवालमा आलमले हो भने पनि प्रत्यक्षदर्शीले कितनी गरेको आरोपमा इन्कारी व्यान गरेको जनाए । दोस्रो दिनको व्यान सकिए पछि बाहिरिदै गर्दा पूर्व मंत्री आलमले पहिलाको प्रतिक्रियालाइ समर्थन गरेका छन ।
मेरो पहिलाको प्रतिक्रिया नै हो भने अहिले केहि भन्दैन । मलाई राजनितिक प्रतिशोध साधने उदेश्य मात्र रहेको आलमले दोहराएका छन । व्यान लिने कार्य लंबिदै जादा आलमको समर्थकको संख्या न्यून हुदै गएको छ भने सुरक्षाकर्मीको उपस्थति बाक्लो नै रहेको छ । नगर क्षेत्रको विभिन्न ठाउमा तथा गौर प्रवेश गर्ने मुख्य नाकाहरुमा सुरक्षाको व्यवस्था कड़ा पारिएको छ ।
आलम माथि लगाइएको अभियोग पत्रको पेज नम्बर २१ को कसूर अपराध घटित भएको बारदात सम्वन्ध शीर्षकों क्रम संख्या ४ मा हजारौ डिग्री फारेनहाइटको ईटा भट्टा चिमनीमा लाश जलाएको कारण लाशको कुनै अवशेष फेला नपरेको र सो ठाउको माटो खरानी जांच गर्न पठाएकोमा तत्काल परिक्षण जांच गर्ने प्राविधि नभएको उल्लेख गरिएको देखिन्छ ।
बूंदा नम्बर ६ मा रातिको समयमा घटना घटी प्रतिवादीहरुको दवाव प्रभावको कारण स्थानीय व्यक्तिहरू र प्रहरी समेत घटना स्थलमा जान नसकेको भनिएको छ । भने जाहेरवालाले घटना साढ़े ६ बजे भएको दावी गरेको छ । चैत्र महीनामा दिन लामो हुने गरेकोले साढ़े ६ बजे सम्म उज्यालो रहने गर्छन ।
अभियोग पत्रमा दवाव प्रभावमा आएर घटना स्थलमा प्रहरी पुग्न नसकेको जिकिर गरिएकोले त्यों बेला पहिला देखि नै सो ठाउमा व्यापक रुपमा प्रहरी परिचालन गरिएको थियो । घटना भएको जानकारी पाएर घटना स्थल सम्म नगएको प्रहरी माथि अभियोग लगाउनु पर्ने स्थानीयहरुको भनाइ रहेको छ ।
घटना गर्ने भन्दा घटना लुकाउने दोषी हुने कÞानूनी प्रावधान रहेको हुदा दवावमा आएर नगएको प्रहरी प्रमुख लगायत प्रहरी अधिकृतलाइ अभियुक्त बनाउनु पर्ने स्थानीयहरुको तर्क रहेको छ ।