रौतहट, भदौ ०४
राजपुर नगरपालिकाको वार्ड नम्बर २ फतुवा महेशपुरमा खाने पानि ट्यांकी निर्माण कार्यको शिलान्यास गरिएको छ िअक्सफाम नेपालको आर्थिक सहयोगमा ग्रामिण विकाश केन्द्र ९आर डि सी० नेपाल द्धारा संचालित सेफ वाटर परियोजनाको क्रममा बन्न लागेको सो ट्यांकी निर्माण कामको शिलान्यास गरिएको छ िखानेपानी उपभोक्ता सँस्थाका अध्यक्ष शेष अयुव तथा वडा अध्यक्ष शेष नसरुल्लाह द्धारा सम्युक्त रुपमा शिल्यान्यास भएको उक्त कार्यक्रममा परियोजनाको विस्तृत विवरण सँस्थाका कार्यक्रम संयोजक प्रद्युम्न कडेलले प्रस्तुत गरेका थिए । दुई चरणमा सम्पन्न हुने उक्त योजनाको प्रथम चरणमा ३ लाख लिटर क्षमताको ओभरहेड टंकी, २ वटा डिप वोरिङ्ग, गार्ड हाउस, २ वटा पम्प हाउस, कम्पाउण्ड वाल, १० वटा भल्भ चेम्वर र २ वटा वोरिङ्ग प्लेटफर्मको निर्माण हुनेछ । यस वाट उक्त वडाका १०६८ घरधुरीमा स्वच्छ खानेपानीको उपलब्धता हुनेछ । शिल्यान्यास कार्यक्रममा वडा अध्यक्ष शेष नसरुल्लाहाका अनुसार यो योजनाले फतुहा महेशपुरका जनताको स्वास्थ्यमा प्रत्यक्ष प्रभाव पार्ने, स्वच्छता प्रर्वद्धन हुनेछ साथै पूर्ण सरफाईको तर्फ अगाडी वढ्न सहयोग पुग्नेछ । सो ट्यांकी निर्माणको काम भिमेश्वर राष्ट्र जे भी ले गरिरहेको छ ि