रौतहट । फाल्गुन ०७ । महिला खेलकुद प्रवद्र्धनका लागि महिला साइकल दौड प्रतियोगिता महत्त्वपूर्ण रहेको मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डलले बताउनु भयो ।
महिला साइकल दौड प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रममा सम्बोधन गर्दै सभामुख मण्डलले, अगामी दिनहरुमा यस्ता किसिमका प्रतियोगितामा महिलाको सहभागिताले महिलाहरूलाई खेलकुदमा अग्रसर गराउन र वहाँहरूको प्रतिभालाई उजागर गर्न विशेष रुपले मद्धत गर्ने भएकोले साइकल प्रतियोगितामा महिला सहभागिता देखेर खुशी लागेको वहाँको भनाइ रहेको थियो ।
प्रजातन्त्र दिवसको अवसरमा आयोजना भएको जिल्ला स्तरीय महिला साइकिल दौड प्रतियोगितमा राजेवदेवी नगरपालिका वडा नम्बर ७ की रानी कुमारी यादब प्रथम, राजदेवी नपा २ की संजनी कुमारी यादब द्वितिय र तृतिय राजदेवी नपा वडा नम्बर ६ की रविना कुमारी यादब भएकी छिन् । विगत १२ वर्ष देखि निरन्तर रुपमा संचलान हुदै आएको महिला साइकल दौड प्रतियोगिताको १२औं संस्करणको महिला साइकल दौड प्रतियोगिता २०८१ को फाईनलमा उत्कृष्ट प्रदर्शन गर्दै प्रथम हुने रानीले एउटा साइकल ,ट्रफी सहित पचास हजारको चेक, दोश्रो हुने संजनीले एउटा साइकल,ट्रफी सहित तिस हजार र तेस्रो हुने रविनाले एउटा साइकल,ट्रफी सहित बीस हजारको चेक पुरस्कार पाएका हुन् । फाइनलमा आफ्नो स्थान सुरक्षित गरेकी १५ जनाले जनही एक एक साइकल समेत पाएकी छिन् । प्रतियोगितामा जिल्लाका विभिन्न ठाउँहरूबाट १०५ जना महिला प्रतिस्पर्धीहरूले प्रतियोगितामा सहभागिता जनाएका थिए ।


महिलाहरूको खेलकुद क्षेत्रमा बढ्दो सक्रियता प्रशंसनीय रहेको बताउँदै महिलालाई खेलकुद मार्फत आत्मनिर्भर र आत्मविश्वासी बनाउने कार्यमा यस्ता प्रतियोगिताहरूले ठूलो योगदान गर्ने आयोजक संस्था राजदेवी मिडिया सेन्टर गौरका अध्यक्ष रामपुकार पटेलले बताउनु भयो ।छनौट प्रतियोगितामा सहभागी १०५ जना खेलाडीलाई १५ वटा समूहमा विभाजन गरिएको र १५ वटै समुहको प्रथम भएकी प्रतियोगीहरु फाइनलमा प्रतिस्पर्धा गरेको थियो । जिल्लाका विभिन्न गाँउबाट सहभागी भएकी मध्ये रौशनी कुमारी यादव,पिंकी कुमारी,प्रियंका पण्डित,सिमरन जैसवाल,श्रिष्मा रानी पटेल,नुतन कुमारी राम,निकि कुमारी पासवान,मोनिका कुमारी साह,सन्जनी कुमारी यादव,अलका कुमारी साह,रबिना साह,मिथलेश कुमारी,सलोनी दास,रानी कुमारी यादव,रितु कुमारी पटेलले आफ्नो समुहमा उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान हासिल गरि फाइनल प्रतियोगितामा आफ्नो स्थान सुरक्षित गरेकी थिइन ।


महिला साइकल दौड प्रतियोगिताको पुरस्कार वितरण तथा सम्मान कार्यक्रममा रौतहट निर्वाचन क्षेत्र नं. १ (क) का प्रदेश सभा सदस्य नागेन्द्र साह,प्रदेश सभा सदस्य जयचन पटेल,नेकपा एमाले रौतहट जिल्ला ईन्चार्ज अजय गुप्ता, एमाले नेता पवन पटेल,नेपाल रेडक्रस सोसाइटी रौतहट शाखाका सभापती राजकिशोर यादब,नेपाल नेत्र ज्योति संघ रौतहटका विजय सिंह,नेपाल पत्रकार महासंघ रौतहट शाखाका पुर्व अध्यक्ष द्धय प्रेम चन्द्र झा र रबिन्द्र प्रसाद साह सहित विभिन्न संघ संस्थाका प्रतिनिधी,पत्रकार,शिक्षक,युवा विद्यार्थी सहितको उपस्थिती रहेको आयोजक संस्थाका सुभाष मण्डलले जानकारी दिए । कार्यक्रम संचालन पत्रकार संतोष पौडेलले गर्नु भएको थिए भने स्वागत मन्तव्य पत्रकार धर्मेन्द्र साहले राख्नु भएका थिए ।
वर्षेनि आयोजना हुने यस प्रतियोगिताको लोकप्रियता बढ्दै गएको र यस वर्ष जिल्ला भरीबाट १०५ जना महिला प्रतिस्पर्धीले भाग लिएको देख्दा खुशी लागेको आयोजकको भनाइ रहेको छ । महिलाहरूको सशक्तिकरणका लागि यस्ता प्रतियोगिताहरूले सकारात्मक प्रभाव पार्ने आयोजक समितिको विश्वास रहेको छ ।