रौतहट । फाल्गुन १७ । रौतहटमा नेकपा माओवादी केन्द्रबाट निर्वाचित एक जना वडा अध्यक्षको निधन भएको छ ।
जिल्लाको माधवनारायण नगरपालिका वडा नम्बर ४ विशुनपूर्वा मानपुरका वडा अध्यक्ष रामदेनी मुखिया विनको आज बिहान असामायिक निधन भएको छ ।
लामो समय देखि गम्भीर प्रकृतिका रोगसँग लड्दै आएका वडा अध्यक्ष बिनको आज बिहान करिब ७ बजेको समयमा आफ्नै घरमा दुखद निधन भएको उनका छोरा राम कलेबर मुखियाले जानकारी दिएका छन् ।
विगत केही वर्षदेखि क्यान्सर रोगसंग लड्दै आएका वडाअध्यक्ष बिनलाइ उनका छोरा राम कलेबरले विभिन्न अस्पतालमा उपचार गराउँदै आएका थिए ।
बुबालाई बचाउन छोरा राम कलेबरले निकै प्रयास गरेतापनि अन्ततः उनको असमायिक निधन भएको स्थानिय पारस भण्डारीले जानकारी दिनु भयो ।


नेकपा माओवादी केन्द्रबाट २०७९ मा भएको स्थानीय तहको निर्वाचनमा उनी माधवनारायण नगरपालिका वडा नम्बर ४ बिसुनपुर्वा मानपुरको वडाअध्यक्षमा लगातार दोस्रो कार्यकालको लागि निर्वाचित भएका थिए । २०७४ को स्थानिय तहको निर्वाचनमा पनि उनी माओबादीबाट नै वडा अध्यक्षमा निर्वाचित भएका थिए ।
माओवादी पार्टीमा लामो समयदेखि आबद्ध रही कर्तव्यनिष्ठ कार्यकर्ताको रुपमा काम गर्दै आएका वडा अध्यक्ष मुखियाको निधनले माओवादी पार्टीलाई समेत अपूर्णीय क्षती पुगेको जानकारहरुको भनाइ रहेको छ ।