सुवाष मण्डल
बलरा,सर्लाही ।। सर्लाहीको बलरा नगरपालिका वार्ड न. ९ स्थित रहेको श्री सिताराम माध्यमिक बिधालयमा बिहीवार शैक्षिक सामाग्री वितरण गर्नुभएका छन् । UNOP का आर्थिक सहयोग र CFRD,GCD को आयोजनामा बालशिक्षा देखि कक्षा ७ सम्म अध्यनरत ४७७ बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको छ् ।
श्री सिताराम माध्यमिक बिधालयका प्रधानाध्यापक होश नारायण सिंहकाे अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि बलरा नगरपालिकाका नगर प्रमुख शिक्षा प्रेमी रामाशंकर प्रसाद कुशवाहा रहनु भएका थिए । नगर प्रमुख कुशवाहा आफ्नो मन्तव्य राख्दै भन्ने हाम्रो देश दुई सालको कोरोना पिरियडमा बिद्यार्थीहरुको शैक्षिक स्तरमा जुन किसिमको छती भएको छ् । त्यो छतीको भर्पाईको लागि विभिन्न संघ संस्था लिएर हाम्रो संघीय सरकार प्रति नेपाल सरकारले जून काम गरिरहेको अवस्था छ् । त्यसैलाई मध्य नजर गर्दै यो संस्थाले सिताराम बिधालयको बालबालिकाहरुको शैक्षिक प्रविधिमा यो सामाग्रीहरुले पनि अवस्थ सहयोग गर्ने छ् । नगर प्रमुख कुशवाहाले शैक्षिक सामाग्री सहयोग गर्ने चाइना फाउन्डेसनको तिमीहरूलाई धन्यवाद व्यक्त गर्नुभएको छ ।

शैक्षिक सामाग्री वितरण कार्यक्रममा विशिष्ट अतिथिको रूपमा बलराको प्रमुख प्रशासकीय अधिकृत शुशिल साह,अतिथि रामबाबु दास,ब्रज नन्दन साह,विरेन्द्र साह,धरिक्षन प्रसाद कुशवाहा,लक्ष्मी सहनी,नागेश्वर महतो,रविशेखर सहनी,सत्येन्द्र कुमार अधिकारी,होस नारायण राय यादव,सरजित राय,शिक्षकहरु,सुरक्षाकर्मी,समाजसेवी,पत्रकार लगायत विद्यार्थीहरुको उपस्थित रहेको थियोे ।