रौतहट । रौतहटमा एक जना नक्कली प्रहरी पक्राउ परेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटको घुमुवा हुँ भन्दै किसान तथा व्यापारीहरुसँग पैसा मांग्दै हिड्ने एक जना नक्कली प्रहरीलाइ प्रहरी नियन्त्रणमा लिएको हो ।
आफू जिल्ला प्रहरी प्रहरी कार्यालयको घुमुवा प्रहरी रहेको बताउदै किसानहरुले ल्याउँदै गरेको मलखाद्य रोकेर पैसा मांग्ने नक्कली प्रहरीलाइ जिल्ला प्रहरी कार्यालय रौतहटले पक्राउ गरेको छ ।
नक्कली प्रहरीको रूपमा पक्राउ पर्नेमा गरुडा नगरपालिका ८ बिर्ता गाउँका शेख मनिफको छोरा अन्दाजी ४४ वर्षीय सदरे आलम रहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी दीपक कुमार रायले जानकारी दिनु भयो ।
किसानलाइ विभिन्न डरत्रास देखाइ पैसा असुल्ने आलमलाइ जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी थप अनुसन्धान अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।