२३ पौष
गौर अस्पताल संचालन तथा व्यवस्थापन समिति गौरको आयोजनामा खुल्ला रक्तदान कार्यक्रम बुधवार गौर अस्पतालमा सम्पन्न भएको छ । रक्तदान गरौ, जिवनदान गरौ मुल नाराका साथ आयोजना गरिएको कार्यक्रमको फरक ढंगवाट शुभारम्भ गरिएको छ ।
मैनवति वालेर उद्धघाटन गर्ने परम्परालाई गौर नगरपालिकाका प्रमुख अजय कुमार गुप्ताले अलग तरिकावाट उद्धघाटन गरेर मानवीय कार्यको प्रति सचेतना मुलक सन्देश प्रवाह गरेका हुन । जोखिमपुर्ण अवस्थामा रगतको अभावमा ज्यान गुमाउनु नपरोस भन्ने उदेश्यले आयोजित कार्यक्रममा मेयर गुप्ताले आफनो रगत दान गर्दै कार्यक्रमको शुरुवात गरेका थिए ।
अस्पलाल व्यवस्थापन समितिका अध्यक्ष शेख जमशैदको सभापतित्वमा भएको उद्धघाटन कार्यक्रममा सम्वोधन गर्दै नगर प्रमुख गुप्ताले रक्तदान, अंगदान , कन्यादान , मानवको सवै भन्दा महत्वपुर्ण एवम अस्मरणिय दान भएको बताए । रक्तदानले जिवनदान दिन्छ भने कन्यादानको महत्व जिवनको शुरुवात गर्ने बाटोमा डोर्याउने अवसर प्रदान गर्ने भएकोले यसको महत्व बढी रहेको उहाको तर्क रहेको छ ।
विगतको समयमा गौर अस्पतालको अवस्था आलोचनाले भरिएको भएतापनि अहिले सुधारोम्मुख हुदै गएकोमा विरामीहरुको स्तरिए सेवा प्रदान हुनेमा आफु पुर्ण विश्वस्थ रहेको बताए । गौर नगरपालिकाले सहयोग गर्ने प्रतिवद्धता जनाउदै मेयर गुप्ताले व्लड वैंकको स्थापनाको लागी नगरपालिकावाट १५ लाख विनियोजन गरेको र चाडै भवन निमार्णको प्रक्रिया अगाडी बढने बताए ।
जिल्लामा व्लड वैंकको अति आवश्यक भएकोले यसको लागि अन्य स्थानिय तहले सहयोग गर्नुपर्ने धारणा व्यक्त गरे । शिक्षा र स्वास्थयको विकास मानवको विकास संग प्रत्यक्ष सरोकार रहेकोले आफनो लक्ष्य नै यी क्षेत्र रहेको जिकिर गर्दै मेयर गुप्ताले भौतिक पुर्वाधारको साथै समाजिक विकास , पर्यटन क्षेत्रको विकास प्राथमिकतामा राखेर नगरपालिका आफनो कार्य अगाडी बढाइरहेको जनाए ।
प्रमुख जिल्ला अधिकारी किरण कुमार थापाले अनुसंधान प्रहरीको विषय रहेकोले प्रहरीको कार्यमा राजनितिक हस्तक्षेप नगर्न आग्रह गरे । जिल्ला अस्पतालवाट गएको बर्ष पुस महिनामा चोरी भएको उपकरणको सम्वन्धमा छानविन गरी दोषी माथि कार्यवाही गर्न उढाइएको प्रश्नको विषयमा प्रमुख जिल्ला अधिकारी थापाले यसतो प्रतिकृया दिएका हुन । उहाले भने निष्पक्ष रुपमा प्रहरीलाई कार्य गर्न दिएमा अपराधी कुनै पनि हालतमा उम्किन नसक्ने दावी गरे ।
प्रहरीले समात्ने वितिकै हाम्रो पार्टीको हो भन्ने दवाव आउन लाग्दा कार्य गर्न अप्ठयारो हुने गरेको तर्क गरे । सुक्ष्मयन्त्रको चोरीमा संलग्न रहेको व्यक्तिलाई प्रहरीले कानुनी दायरामा ल्याउने प्रतिवद्धता जनाए ।
समाजवादी पार्टीका केन्द्रिय सदस्य रेवन्त झाले अस्पताल सम्वेदनशील ठाउ भएकोले सुरक्षा , दक्षता आवश्यक भएको बताए । गौर अस्पतालको विगतको समय भयावह रहेको भएपनि वर्तमान सुधारोन्मुसख रहेकोले सवै सरोकारवालाहरुले सकारात्मक भुमिका निर्वाह गर्नु पर्ने धारणा राखे । अस्पतालमा कार्यरत रहेका स्वास्थ्यकर्मीहरुलाई आफनो दायित्व निस्वार्थ भावले बुझि दिन अपिल गरे ।
केन्द्रिय सदस्य झाले गरीव , असहायको उपचारमा कुनै किसिमको कसर वाकी नराखी औषधी , उपचारमा प्रयोग हुने अतिआवश्यक उपकरणको व्यवस्थापन चुस्तदुरुत राख्ने तर्फमा व्यावस्थापन समितिलाई ध्यानाकर्षण गराए ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी रौतहटका जिल्ला सभापति संजिव कुमार मल्लिकले जिल्लामा रगत भण्डारण गर्नलाई भवनको निमार्ण अतिआवश्यक रहेको बताएका छन । प्रमुख जिल्ला अधिकारी किरण थापाको अध्यक्षतामा भएको पालिका स्तरिए बैठकवाट भवन निर्माणको लागि सहयोग गर्ने सामुहिक प्रतिवद्धता जनाए पनि गौर नगरपालिका वाहेकका अन्य पालिकाले सहयोग गर्न नसकेको गुनासो गरे ।
मानवको जिवन रक्षाको लागी आवश्यक कुरामा चासो नदेखाउनु दुखद रहेको जिकिर गर्दै सभापति मल्लिकले अचानक कुनै विपती आइ परेका बखतमा रगत उपलब्ध गराउन कठिन हुने टिप्पणी गरे । व्लड वैंकको लागी भवन निमार्णमा सहयोग गर्न जोड दिए ।
अस्पताल संचालन तथा व्यवस्थापन समितिका अध्यक्ष शेख जमशैदले अस्पतालको विकासमा कुनै कसर वाकी नराखने प्रतिवद्धता जनाए । उनले स्तरिए सेवा प्रवाहका लागी डिजिटल एक्सरे मशिन , अल्ट्रासाउण्डको स्थापना , सुरक्षाको लागी सिसि कैमरा जडान गराउनुको साथै दक्ष अनुभवी चिकित्सकको व्यवस्थापन गराइएको बताए ।
विगतको तुलनामा अस्पतालमा सुधार हुदै गएको छ । सरसफाईको अवस्थामा सुधार भएको छ । विशेषज्ञ डाक्टरहरुको पदस्थापन भएको छ । विरामीहरुको रेफर गर्ने अवस्थामा कमी आउन थालेका छन । जवाफदेहितापुर्वक कार्य गर्दै गएमा निकट भविष्यमा गौर अस्पताल नमुना अस्पताल बन्न सकिने छन ।
कार्यक्रममा सुरक्षा निकायका प्रमुख , विभिन्न राजनितिक दलका प्रतिनिधि , नागरीक समाजका अगुवा , अस्पतालका कर्मचारी , संचारकर्मीहरुको बाक्लो उपस्थिति रहेको थियो । १७ जनाले रक्तदान गरेको अस्पताल संचालन तथा व्यवस्थापन समितिले जनाएको छ ।