रौतहट, २२ पौष ।
विश्व शान्ति कल्याणको लागि जिल्लामा पहिलोपल्ट श्री शिवशक्ति महायज्ञ मेला सुरु भईरहेको छ ।
रौतहटको राजदेवी नगरपालिकाको वडा नं ९ ब्रहम्पुरी गाउँको छेउमा बागमती नदी किनारमा माघ २३ गते शोभा यात्रा र फाल्गुन ४ गते महायज्ञ सम्पन्न हुनेछ ।
सुरु हुने महायज्ञको तयारी कार्यमा सबै गाउँबासी नै जुटेका छन ।
विश्वमा सुख, शान्ति र समृद्धिको लागी हुने महायज्ञमा मित्र राष्ट्र भारत उत्तर प्रदेश राज्यका बनारस स्थित विद्ववान आचार्यहरु, अयोध्याको चर्चित कथा वाचक र आफ्नै देशको प्रसिद्ध धार्मिक आचार्यहरु समेत सहभागी हुने महायज्ञ मूल आयोजक समितिका अध्यक्ष नबीन कुमार सिंहले बताए ।
सदरमुकाम गौर भन्दा ५ किलोमिटर पूर्व तिर भारतीय सिमाना बैरगनियाबाट उत्तर दिशामा अवस्थित ब्रहम्पुरीबासीले ऐतिहासीक कदमचालन थालेको छ । समाजको मनोभावनालाई उच्च गर्न आयोजना गरिएको अध्यक्ष सिंहले बताएका छन ।
हाम्रो देशमा महिनो देखि नेपाल सरकारले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आयोजनामा २०२० पर्यटन वर्ष सफलताको लागी विभिन्न कार्यक्रम गरी पर्यटन भित्रयाउनको निम्तो र धार्मिक मेला महोत्वस लगाई अत्याधिक विदेशी पर्यटनलाई नेपाल आउने वातावरण बनाई रहेकै क्रममा तराई मधेश तिर पनि छिमेकी राष्ट्र भारतबाट पर्यटन भित्रयाउने सोचका साथ लाखौलाखको बसोबास र निशुल्क खाना समेत व्यवस्थापन गरिएको सिंहले बताए।
बागमती र मनुसमारा दुई नदीको यही ठाउँमा मुहार आएर मिलेको हुनाले यसै स्थललाई नै सम्पूर्ण नगरबासीले रोजेका हुन । यस महायज्ञमा निशुल्क भोजन, स्वास्थ्य शिविर, सुरक्षा हिसाबले कुनै प्रकारको अप्रिय घटना घटन नदिने उदेश्यले २५ वटा सीसी क्यामरा जड़ान, स्वेमसेवक परिचालन, लाइभ टेलीकास्ट समेत हुने आयोजक समितिका अध्यक्ष नबीन कुमार सिंहले बताएका छन ।
साथै दैनिक रुपमा बागमती किनारमा गांगा महाआरती र अखण्ड राम धुन, रामलीला संचालन हुनेछ । महायज्ञको तीब्र रुपमा तैयारी भईरहेको र यसलाई ऐतिहासिक शान्तिपूर्ण बनाउन आफुहरु जस्तो सुकै भूमिका निर्वाह गर्न तत्पर रहेको समितिका कोषाध्यक्ष अमर बैठाले बताए ।