२७ कार्तिक
रौतहट जिल्लाको परोहा नगरपालिकाका नगर प्रमुख शेख वकीलले शिक्षा विनाको प्राणी अज्ञानी हुने बताउनु भएको छ । उहाले गलत ,सही छुट्याउनको लागि शिक्षा नै एक मात्र विकल्प रहेको जिकिर गरे ।
स्थानीय वड़ा नम्बर ६ भेडि़याहीमा निर्माण भएको आधारभूत विद्यालयको नवनिर्वित भवनको शिलान्यासको अवसरमा आयोजित उदघाटन कार्यक्रममा सम्वोधन गर्दै मेयर वकीलले नगरपालिकाले नगर भित्रका सवै आधारभूत विद्यालयका भौतिक पूर्वाधार निर्माणको कार्य आजादी बढाएको जानकारी गराए ।
नगरपालिका भित्र रहेका विभिन्न पार्टीका नेता कार्यकर्त्ताहरुलाई विबाद रहित बातावरण बनाएर विकास निर्माण को कार्यमा सहयोग गर्न आग्रह गर्दै मेयर वकील ले भने विबादले विकास होइन विनाश निम्त्याउँछ । विकासमा प्रतिस्पर्धा हुनु राम्रो हो भने विबाद खड़ा गर्नु नगर ,वड़ालाइ विकासबाट पछि पार्नु नै भएकोले सहज ,सौहार्दपूर्ण बातावरणले विकास संभव हुने जोड़ दिए ।
मेयर वकीलले परोहा नगरपालिकाले नगरपालिका भित्रमा सड़क विस्तार , नाला निर्माण , सामाजिक विकास , शिक्षा तथा स्वास्थ्यको स्तरउन्नतीको लागि उदाहरणीय कार्य गरेको ठोकूवा गरे ।
कार्यक्रममा सहयोगी सस्था छाया नेपालका कार्यकारणी निर्देशक कमल थापाले विद्यालयको भवन बनाएर मात्र शिक्षाको विकास नहुने भएको ले शिक्षक ,अभिभावकले आफ्नो जिम्मेवारी ,दायित्व इमान्दारिता पूर्वक निर्वाह गर्नु पर्ने जोड़ दिए ।
शिक्षा ,स्वास्थ्य र बातावरणको क्षेत्रमा छाया नेपालले कार्य गर्दै आएकोमा शिक्षाको विकासको लागि आवश्यकता अनुसार समय समयमा निरंतर रुपमा सहयोग गर्दै जाने प्रतिवद्धता समेत व्यक्त गरे ।
नगरपालिकाले विद्यालयको लागि १४ लाखमा जग्गा खरीद गरी ४ कोठा भएको एक तल्ले भवन निर्माण गराएका छन । भवन निर्माणमाँ ४१ लाख ५ हजार ७४६ रुपैया तथा वास् सहितको शौचालय निर्माणको लागि ७ लाख रुपैया नगरपालिकाबाट सहयोग गरिएको छ भने निर्माण भएको भवनको फिनिसिंग गर्ने कार्यमा छाया नेपालले २५ लाख २५ हजार ७२९ रुपैया सहयोग गरेको छ ।
राष्ट्रिय अपांग कल्याण संघ नेपाल का अध्यक्ष राजेश साहको सभापतित्वमा संपन्न उदघाटन कार्यक्रममा नगर सभा सदस्य महेन्द्र यादव , प्रमुख प्रशासकीय अधिकृत ओम प्रकाश यादव लगायत स्थानीय अभिभावक , शिक्षक शिक्षिकाहरुको सहभागिता रहेको थियो ।