रौतहट २९ मङ्सि
रौतहट जिल्लाको गरुडा नगरपालिका वडा नम्बर ५ शिवनगर स्थित रहेका शिव मन्दिरमा उमेर नपुगेका केटिको विबाह गराउनेलाइ सोमबार प्रहरीले पक्राउ गरेका छन् १ शिवनगर महादेव मन्दिरमा बाल विबाह भैरहेको विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक सिद्धि विक्रम शाहले दिएको आदेशमा इलाका प्रहरी कार्यालय शिवनगरबाट प्रहरी नायव निरीक्षक अमोद कुमार यादवको नेतृत्वमा गएका टोलीले बाल बिवाह गर्न लागेकी केटीको उद्धार गरेका हुन् १
बाल विबाह गर्नु कानुनी अपराध हो भनि जान्दा जान्दै बाल विवाह गर्न लागेका केटा पक्ष र केटि पक्ष समेत गरि ७ जनालाइ प्रहरीले नियन्त्रणमा लिएको छ १
पक्राउ पर्नेमा केटा पक्ष रौतहट जिल्लाका इश्नाथ नगरपालिका वडा नम्बर ३ औरैया निवासी राम सगर गिरि , दुल्हा २२ वर्षीय मुकेश गिरि , दुलहाको काका र विबाह गराउन गएका पण्डित गरि ४ जना तथा केटी पक्षका दुलही समेत ३ जना गरि ७ जनालाइ नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक सिद्धि विक्रम शाहले जानकारी गराउनु भएको छ १
केटा बोल्न र सुन्न नसक्ने खालको रहेको छ भने केटी १३ वर्षको रहेको प्रहरीले जनाएको छ १ स्थानीय माधवनारायण नगरपालिका वडा नम्बर ६ माधोपुर निवासी श्री प्रसाद गिरिको १३ वर्षीय छोरी काजल कुमारी गिरिको इश्नाथ नगरपालिका ३ औरैया निवासी राम सगर गिरिको २२ वर्षीय छोरा मुकेश कुमार गिरि सित मागी विबाह गराउन लागेकोमा केटीको उमेर कानुनले निर्धारण गरेको उमेर भन्दा कम रहेको कारण प्रहरीले सो विबाह गराउनेहरुलाई पक्राउ गरेको छ १
पक्राउ परेकाहरुलाई कानुनी कार्यवाही गरिने प्रहरी उपरीक्षक शाह ले बताएका छन् १ बाल विबाह गराउन लागेकाहरुलाई इलाका प्रहरी कार्यालय गरुडामा राखिएको प्रहरीले जनाएको छ १
रौतहटमा पहिलो पटक बाल विबाह गराउन लागेको केटीलाइ उद्धार गरिएको छ १ प्रहरी सक्रिय भए कुनै कार्य असम्भव नरहेको अहिले पुस्टि भएको छ १ बाल विबाह गराउने कार्यलाइ निरुत्साहित गर्ने नेपाल प्रहरीका प्रमुख सिद्धि विक्रम शाहको कार्य सराहनीय भएको मेची महाकाली बुहारी संयुक्त आवाजका प्रदेश संयोजक पुजा पाठक तिमिल्सिनाले बताएकी छिन १ सामाजिक विकृति विसंगति फैलाउनेलाइ कानुनी कार्यवाही गर्न समेत सुझाव उहाको रहेको छ १
बाल विबाह सामाजिक र कानुनी अपराध भएकोले सुचनाको आधारमा प्रहरीले देखाएको तदारुकता सराहनीय भएको जिल्ला संयोजक रत्ना चौधरीले बताउदै महिलाको पक्षमा वकालत गर्नेहरुले सामाजिक तथा न्यायिक कार्यमा प्रहरीलाइ सहयोग गर्ने समेत प्रतिवद्धता जनाएको छ