६ माघ
रौतहट जिल्लाको तीन स्थानीय तहमा निर्माणाधीन अवस्थामा रहेको बाटोको निर्माण कार्य निर्धारित समय भित्र संपन्न नहुने भएका छन । नेपाल सरकारको शहरी विकास मंत्रालयको सघन सहरी कार्यक्रम अंतर्गत अरबौको लगतमा निर्माणाधीन रहेको ५२ किलो मीटर कालो पत्रे सड़कको कार्य समयमा नसकिने अवस्थामा पुगेको हो ।
गौर नगरपालिका , राजदेवी नगरपालिका र यमुनामाई गाउँपालिका गरी तीन वटै स्थानीय तहलाइ जोड़ने गरी ५२ किलो मीटर लामो नया सड़क निर्माण तथा विस्तारीकरणको कार्य भईरहेको छ । विभिन्न चरणमा गरी निर्माण कार्य विभाजन गरिए तापनि कुनै चरणको कार्य पूरा भएको छैन । २०७७ साल आषाढ़ मासान्त भित्रमा निर्माण कार्य संपन्न गरिने गरी स्वच्छंद दुक्छुक निर्माण सेवा र आश्रय निर्माण सेवा कम्पनीले समझौता गरी निर्माणको कार्य अगाडी बढेको छ ।
निर्वा्चित जनप्रतिनिधि , नेपाल सरकार , स्थानीयहरुको असहयोगको कारन निर्माण कार्यमा बाधा पुग्ने गरेको निर्माण कम्पनीको भनाइ रहेको छ । गौर नगर पालिका भित्रको सड़कको कार्य अधुरो रहेको छ । महादेवपट्टी देखि गौर भन्सार सम्म , मधेशी क्रांति चौक देखि दक्षिण महादेवपट्टी सम्म जाने बाटो र जुद्ध माध्यमिक विद्यालयको बाटोको कार्य अलपत्र रहेको छ ! कबीर चौक देखि होटल सिया पैलेस , पुस्तकालय हुदै मुख्य सड़कको कार्यको अवस्था त्यस्तै रहेका छन । गौर देखि ब्रह्मपुरी जाने बाटोको राजदेवी नगरपालिका वड़ा नम्बर ८ बेलविच्छवा सम्म कालोपत्रे भए पनि गाउमा सड़क विस्तारको कार्य हुन सकेको छैन । आश्रय निर्माण सेवाका निर्देशक राम आश्रय साहले काम गर्ने सहज बातावरण नभएकोले निर्माण कार्यमा बाधा उत्पन्न भइरहेको बताएका छन ! पहिलो र दोस्रो चरणको निर्माण कार्य करीव ५० प्रतिसतको संपन्न भए पनि भुक्तानी नभएकोले अप्ठ्यारो भई रहेको गुनासो उहाले गरे ।
राजदेवी नगरपालिकाको वड़ा नम्बर ७ मुड़वालवामा गाउ देखि पच्छिमको बाटो कालो पत्रे भएको छ । पल हरुको निर्माण कार्य संपन्न भइसकेको छ । बेलविच्छवा छोटी भन्सार देखि भारतीय सिमाना सम्मको बाटो र बेलविच्छवा देखि नेमधारी बासुदेव नमूना विद्यालय हुदै मुरली मठ सम्मको सड़कको बेश तयारी भई सकेको देखिएको छ । बारहवा तालको सौन्दर्यकरणको कार्य प्रारम्भ भएको छ । शिवालय मंदिरको पोखरिको कार्य अधुरो रहेको छ !
मधेशी क्रांति चौक देखि महादेवपट्टी जाने बाटोमा निर्माण कार्य शुरू पनि भएको छैन । समाजवादी पार्टी गौर नगर अध्यक्ष शेख अमरूल हकÞले नगर प्रमुख अजय कुमार गुप्ताको अड़ानले निर्माण कार्य अवरुद्ध भएको बताएका छन । ९ मीटर चौड़ा गर्नु पर्ने मेयरले लिएको अड़ानले निर्माण कार्य शुरू नभएको उहाको कथन रहेको छ ।
निर्माण कार्य शुरू गर्नु भन्दा पूर्व स्थानीयहरुको सहमति लिनु पर्ने बताउँदै सहमति सहकार्यको आभावले निर्माण कार्य प्रभावित भएको जनाए । स्थानीयले ७ मीटर चौड़ा बाटो बनाउनु पर्ने भन्दै आएको छ । ९ मीटर चौड़ा गर्दा घर भत्किने सांख्य बढ़ी रहेको र ७ मीटर गर्दा भौतिक क्षति कम होने भएकोले ७ मीटर बनाउनु पर्ने हकÞले सुझाव दिए । उहाले ७ मीटरमा कालो पत्रे गरे स्थानीयहरुले खुलेर सहयोग गर्ने बताए ।
गौर जुद्ध माध्यमिक विद्यालयको बाटोमा नाला निर्माणको कार्य प्रारम्भ गरिदा केहि व्यक्तिले आफ्नो व्यक्तिगत स्वार्थको लागि मुद्दा दिएर निर्माण कार्य रोक्का गराएको छ । तयारी गरिएको प्राविधिक स्टीमेट अनुसार उचाई बाटोको निर्माण गर्नु पर्ने छ । उचाई बाटो बनाउँदा केहि व्यक्तिको घरको पानी निकास नहुने भएकोले नाला गहिरो बनाउनु पर्ने बताउँदै आएका छन भने निर्माण कम्पनीले नेपाल सरकारले स्वीकृत गरी दिएको नक्सा अनुसार बनाउँदा बाटो बलियो हुने तर्क सहित आफ्नो अड़ानमा रहेका छन । तराईमा घर अगाडी बाटो निर्माण हुनु पर्ने र आफ्नो जग्गा बाटोमा नजाने भनि सोच बोकेको कारण बाटोघाटोंको विकास तीव्र रुपमा अगाडी बढ़न सकिने अवस्थामा रहेको छैन ।
राजनितिक आस्थामा रहेकाहरुले निर्माण कार्य अवरुद्ध पर्ने कार्यमा बाढि़ अग्रसर रहने गरेकोले विकास निर्माणको लागि आएको रकम फ्रिज हुने गरेका छन । रौतहटमा प्रति वर्ष करोडौँ रकम फ्रिज हुने गरेको कारण अशिक्षा , असहयोग , विबाद , मुद्दा मामिला नै रहेको छ । आफ्नो गाउ आफै बनाऊ तत्कालीन नेकपा एमालेको नारा अहिले विपरीत रूप लिएको देखिएको छ ! विकास कार्य अवरुद्ध गरौ रकम फिर्ता पठाउ भएको छ । शहरी विकासको यस्तो योजनालाइ प्रभावकारी रुपमा स्तरीय निर्माण कार्य गर्नु पर्नेमा अवरोध खड़ा गरेर विकासका सुनौलो मौका गुमाउनु हो । स्थानीयले निर्माणको कार्यमा सहयोग गर्नु पर्ने एक मात्र विकल रहेकोले समयमा बाटोमा परेका घर टहरा भत्काएर सड़क निर्माणमा सहजता पुर्याउनु पर्छ ।