२९ आषाढ़
रौतहट जिल्लाको राजदेवी नगरपालिका वड़ा नम्बर ४ बसतपुर नजिक रहेको बागमती नदीले ५ नम्बर स्पेर बगाएर लागेपछि बांधको जोखिम उच्च भएको छ साथै स्थानियहरु बाढि़ आउने र बांध भत्किने खतराबाट त्रसित भएका छन । करीव ३५ वर्ष अघि चीनले निर्माण गरेको स्पर बागमतीमा आएको बाढि़ले कटान गरेको छ । करीव १ सय मीटरको हराहारीमा पानीले सो स्पर कटान गरीसकेको छ । गएको वर्ष २ नम्बर स्पर कटान गरेको बागमतीले यस वर्ष ५ नम्बर ठोकर बगाएको छ ।
पहिला बगाएको ठोकर पुनर निर्माण गरिए पनि त्यसलाइ बाढि़ले क्षति पुर्याएको छ । बांध देखि करीव ५ सय मीटर पूर्वमा स्पर कटान गरेकोले बांधको भत्काउन सकने जोखिम बढेको हो । भत्काइएको ठाउँबाट नदीको बहाव भएको खण्डमा बांध भत्किने सम्भावना बढ़ी रहेको छ । यद्पि नदीको जलस्तर बढेमा ।
केहि दिन देखि भैरहेको अविरल वर्षको कारण रौतहट को लालबकैया र बागमती नदीमा आएको बाढीले बांध कटान गर्ने शुरू गरेको छ । माधव नारायण नगरपालिकाको खारकी राजवाड़ा , राजदेवी नगरपालिकको वड़ा नम्बर ४ , ९ मा रहेको बांध सुरक्षाको निमित बनाइएको स्पर क्षतिग्रस्त बनाएको छ भने लालबकैया नदीले तेजपाकड़ नजिक रहेको बांध भत्काउन लागेको छ ।
राजदेवी नगरपालिकाका नगर प्रमुख धीरेन्द्र कुमार सिंहले काटिएको स्परलाइ बढ़ी क्षति हुन नदिनका लागि नेपाली सेना , सशस्त्र प्रहरी र नेपाल प्रहरीका टोली पाइलिंग गर्ने कार्य शुरू गरी सकेको बताउनु भएको छ ! स्पर कटान रोकने र बांधलाइ सुरक्षित बनाउने प्रयास जारी रहेको उहाले भने । बासको पाइलिंग र बोरामा बलुबा हालेर कटान रोकने प्रयास भैरहेको छ ।
बागमती नदीले बांध कटान गरे भने राजदेवी नगरपालिकाको बसतपुर , पताही ,राजदेवी ,मुड़वलवा , लक्ष्मीपुर बेलविच्छवा , गौर नगरपालिकाको वड़ा नम्बर ९ सिरसिया , गौर , बाजÞार समेत प्रत्यक्ष रुपमा प्रभावित हुने खतरा रहेको छ । नदी नियंत्रण कार्यालयले सुख्खा मौसममा बांधको मरमत साम्भर नगर्ने गरेकोले बर्षातको मौसममा ठाउ ठाउमा भत्किने गरेको स्थानीयहरुको आरोप रहेको छ ।
लगातार भई रहेको वर्षाको कारण गौर सदरमुकाम लगायतको ठाउमा बाढि़ जस्तै जलमग्न भएको छ । तल्लो सतहमा गौर अवस्थित रहेकोले झाझ नदीको पनि, बागमती नदीको र लालबकैया नदीको पनि गौर मै आउने गरेकोले गौरका स्थानीय ,उद्योगी ,व्यापारीहरु बढ़ी त्रसित रहेको गरेको गौर नगरपालिकाको नगर प्रमुख अजय कुमार गुप्ताले बताएका छन ।
बागमती र लालबकैया नदीको बाढि़ले डुवानमा पर्ने गौरका जनताको लागि राहत उद्दारको पूर्व तयारी समेत गरिएको उनले जनाए । आऊंन सकने संभावित विपदबाट नगरवासीलाइ उद्दार ,राहत ,बचाव गर्न नगरपालिका सक्षम र तयारी अवस्थामा रहेको मेयर गुप्ताले दावी गरेका छन